फिदिम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले आगामी स्थानीय तहको निर्वाचनमा पाटी एक्लै भिड्ने दावी गरेका छन् ।
आज (शनिबार) नेपाल प्रेस यूनियन पाँचथरले आयाेजना गरेकाे सदरमुकाम फिदिममा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले कुनै पनि दलहरुसँग तालमेल नगरी एक्लै चुनावमा भिड्ने बताएका हुन् ।
सरकार संचालनमा मात्रै अहिलेको गठवन्धन रहको भन्दै अहिलेकै गठवन्धनसँग आगामी वैशाखमा हुने स्थानी चुनावमा तालमेल गरेर काग्रेस चुनावमा नलड्ने बताए ।
कांग्रेसको आईतबारबाट सुरु हुने ‘घर-घर जाऔ, नेपाली कांग्रेसलाई जिताऔँ ‘अभियानपछि पाटी कसरी अघि वढ्ने भन्ने विषयमा पार्टीले आधिकारिक धारणा समेत तय गर्ने उनको तर्क छ ।
पाटीका भातृसंगठनका केन्द्रीय कार्य समिति मात्रै भंग गरिएको अन्य समितिहरु जिल्लामा यथावत रहेको हुँदा अव केन्द्रीय समितिले पनि चैतकाे पहिलो सातासम्ममा नयाँ कार्य समिति पाउने बताए ।