ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

शिक्षा बिकास मावि लेटाङ्गमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु, मृतकको संख्या बढ्न सक्ने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ चैत्र ६ गते, २३:०५ बजे
शिक्षा बिकास मावि लेटाङ्गमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु, मृतकको संख्या बढ्न सक्ने

आक्रोशित विद्यार्थीले जलाएको शिक्षक पौडेलको मोटरसाइकल

43
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । एक बालिकालाई आफ्नै शिक्षकले गरेको यौन दुर्व्यवहारको विरोधका क्रममा हिंसा भड्किदा एक महिला प्रहरीको मृत्यु भएको छ ।

मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा बिकास माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रा माथि शिक्षकले यौन दुर्व्यवहारको प्रयास गरेको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थी, अभिभावक र प्रहरीबीच झडप हुँदा महिला प्रहरीे उर्मिला श्रेष्ठकाे मृत्यु भएको हो ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार लेटाङ बजारको मनकामना अस्पतालमा उपचारका क्रममा प्रहरी श्रेष्ठको मृत्यु भएको छ । उक्त झडपमा परि थप केहि व्यक्तिको ज्यान गएको सूचना नीतिसञ्चारले प्राप्त गरेको छ । तर, उक्त सूचनाको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

यस विषयमा लेटाङ्ग प्रहरीले यस विषयमा आधिकारीक जवाफ दिन नसकिने बताउँदै जिल्लामा सम्पर्क राख्न आग्रह गरेकोमा जिल्ला प्रहरीले समेत आधिकारिक विवरण आउँन बाँकी रहेको बतायो ।

प्रहरीले आरोपित शिक्षक मनोज पौडेललाई इलाका प्रहरी कार्यालय लेटाङ्गको हिरासतमा राखेको छ ।

पौडेललाई घटनास्थलबाट बाहिर निकाल्ने क्रममा स्थानीयले प्रहरी माथि ढुङ्गा मुढा प्रहार गरेर आक्रमण गरेका थिए । सो क्रममा केही प्रदर्शनकारीहरु र एसपी सहित अठार जना प्रहरी घाइते भएको बताईएको छ ।

के थियो घटना ?

लेटाङ ५ को शिक्षा विकास माविमा अध्ययनरत कक्षा ६ मा पढ्ने १२ वर्षीय बालिकालाई सोही विद्यालयका एक शिक्षक मनोज पौडेलले जबरजस्ती करणीको प्रयास गरेको घटना सार्वजनिक भएपछि विद्यार्थी र अभिभावक आक्रोशित भएको बताईएको छ ।

उक्त घटना सार्वजनिक भएपछि आक्रोशित विद्यार्थी र अभिभावकहरुले शिक्षक पौडेल बिरुद्ध नाराबाजी गरेका थिए । आन्दोलित विद्यार्थीहरुले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी समेत गरेका छन् ।

आज आइतवार बिहान १० बजे देखि तनावग्रस्त भएको बिद्यालय परिसरको स्थिति राति पौने ९ बजे नियन्त्रणमा आएको थियो । आरोपित पौडेल लेटाङ –३ घर भएका पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक विषयका शिक्षक हुन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist