काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा प्रधानमन्त्री शेरबहादुर देउवा चैत्र १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने भएका छन् ।
प्रधानमन्त्री देउवा समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेको बताईएको छ । स्रोतका अनुसार भारत भ्रमणका लागि नेपालले एजेन्डा समेत तयार गरिरहेको बुझिएको छ ।
भ्रमणको एजेन्डाबारे छलफल गर्न आजै नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले सिंहदरबार पुगी दुई मन्त्रीलाई भेटेका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँड र ऊर्जामन्त्री पम्फा भुसालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भारत भ्रमणमा सुरक्षा, ऊर्जा, पूर्वाधार विकासबारे छलफल हुने बुझिएको छ ।
नेपालमा चिनियाँ विदेशमन्त्री वाङ ई को भ्रमण सकिएलगत्तै देउवाको भ्रमण हुँदैछ । अर्कोतर्फ, नेपालमा स्थानीय निकायको चुनाव आउँदो महिनाका लागि तोकिएको छ । यसबीच देउवाको भारत भ्रमण हुन लाग्नुलाई अर्थपूर्ण मानिएको छ ।