ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

उपकुलपति गिरी मापसे गरेर आएपछि वार्ता भाँडियो, चारै जना पदाधिकारीको राजिनामा माग

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार १५ गते, २१:०५ बजे
उपकुलपति गिरी मापसे गरेर आएपछि वार्ता भाँडियो, चारै जना पदाधिकारीको राजिनामा माग
18
SHARES
Share on FacebookShare on Twitter

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भईरहेको भ्रस्टाचार र अनियमितता विरुद्द आन्दोलित  चिकित्सकहरुलाई उपकुलपति गिरीले मादक पदार्थ खाएर दुर्व्यवहार गरेको भन्दै चिकित्सकहरुके स्वास्थ्य परीक्षण गरेर कारवाही गर्नुपर्ने माग गरेका छन्।

विगत दुई साता देखि आन्दोलनमा रहेका चिकित्सकहरुलाई वार्तामा बोलाएर दुर्व्यवहार गरेपछि चिकित्सक थप आन्दोलित बनेको वार्तामा सहभागी भएका डा. अमृत जैसीले बताए।

उनले भने, ‘उपकुलपति सरको व्यवहार र त्यहाको माहोलले वार्ता गर्न सक्ने अवस्था रहेन। हाम्रा कुराहरु सुनी नसक्दै उपकुलपति सर आक्रोशित हुनु भयो।  उहाँको अवस्थाले उहाँ वार्ता गर्न सक्ने अवस्थामा हुनुहुन्न। त्यहा असहज अवस्था भएपछि हामी बाहिर निस्कियौं। ‘

दिउँसो ३:३० बजे संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएका उपकुलपति डा.गिरी मादक पदार्थ पिएको जस्तो ब्यबहार देखाएर असामान्य अवस्थामा बोल्न थालेपछि संघर्ष समितिले वार्ता छोडेको डा. जैसीको दावी छ।

उनले भने, ‘आज ३;३० बजे वार्तामा बोलाएको चिठी आयो। उपकुलपति सरको हस्ताक्षर भएको चिठी थियो त्यो। तोकिएको समयमै वार्तामा गयौं हामी। करिव १५ मिनेट जति हामी वार्ता स्थलमा बस्यौं। उपकुलपति सरको व्यवहार सामान्य खालको थिएन। हाम्रा कुरा सुन्दा सुन्दै टेबलमा ड्याङ्ग हान्नु हुन्छ। बोलि लरबरिएको छ। त्यस अवधिमा उहाँ दुई पटक उठेर बाहिर निस्किनु भयो। हिड्दा समेत हल्लिदै हिड्नु भएको छ।’

उनले अगाडी भने, ‘वार्तामा आफ्नो तर्फबाट आन्दोलनका विषयमा हामीले ब्रिफिंग गर्दै गर्दा उपकुलपति सर बिचमा बोल्नु भयो । सरले बोल्दै खेरि सर झ्यापमा हुनुहुन्छ भन्ने बुझियो।’

आफुहरुलाई वार्तामा बोलाएर रक्सी पिएर उपकुलपति आएको र उक्त वार्तामा सहभागी भएका अन्य पदाधिकारीहरु रमिते बनेको भन्दै आन्दोलनरत चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरु आक्रोशित आक्रोसित चिकित्सक, आन्दोलनकारी र बिद्यार्थीहरु यतिबेला उपकुलपति कार्यालय अगाडी करिव चार सयको संख्यामा धर्नामा बसेका छन्।

आन्दोलनकारीको तर्फबाट डा. बिष्णु पोखरेल, डा. सुर्य प्रसाद रिमाल लगायत १२ जना सहभागी भएका थिए भने उपकुलपति डा.गिरीसँगै रेक्टर डा.गुरुप्रसाद खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी, अस्पताल डेपुटी उपनिर्देशक डा.दिव्यराज मिश्र, सहायक अस्पताल निर्देशक डा.प्रमोद वराल र कास सदस्य निर्मला लिम्बु सहभागी रहेको जैसीले बताए।

जैसीले भने, ‘उपकुलपति त्यस्तो अवस्थामा रहेको थाहा पाएर पनि अन्य पदाधिकारीले वार्तामा गरेको व्यवहार उदेक लाग्दो थियो। किनभने उहाँहरु हामी वार्तामा जानुअघि देखि उपकुलपतिसँगै हुनुहुन्थ्यो। उपकुलपतिको अवस्थाको बारेमा थाहा भएर पनि त्यस्तो अवश्थामा आज वार्ता नगरौं, भोलि फ्रेस भएर वार्ता गरौँ भन्नु भएन।’

 

वार्तामा पनि अन्य पदाधिकारीहरु लगभग मौन बसेको र असामान्य अवस्थामा रहेका गिरीलाई मात्रै बोल्न अघि सारेको जैसीले बताए। उनले भने, ‘अन्य पदाधिकारीहरुको पनि नियत राम्रो देखिन। उहाँहरुले सहजीकरण गर्न सक्नु हुन्थ्यो। त्यो पनि गर्नु भएन। नियत राम्रो देखिएन।’

करिव चार सयको संख्यामा नारा जुलुस सहित धर्नामा बसेका आन्दोलनकारीहरुले उपकुलपतिसहित वार्तामा सहभागी अन्य पदाधिकारीहरुलाई वार्तास्थलबाट निस्कन दिएका छैनन्। उपकुलपतिलाई सेक्युरिटी कम्पनी भिआइपीको गाडीमा भगाउन लाग्दा पनि आन्दोलनकारीहरुले रोकेका थिए।

उपकुलपतिको राजिनामा माग 

आन्दोलनकारी चिकित्सकहरुले उपकुलपति गिरीले मादक पदार्थ सेवन गरेको भन्दै गिरीको मापसे जाँच गर्न माग गरेका छन्। मादक पदार्थ सेवन गरेर वार्तामा बोलाएर गिरीले अपमान गरेको भन्दै आन्दोलनकारीले मापसे जाँच गर्न माग गरेका हुन्।

वार्ता स्थलबाट बाहिरिएपछि आन्दोलनकारीहरुले उपकुलपतिको अवस्थाको बारेमा प्रसासनलाई जानकारी गराएका थिए। वार्तामा सहभागी अर्का एक चिकिस्तकले भने, ‘भिसीको अवस्थाका बारेमा हामीले सिडियोलाई जानकारी गरायौं। मापसे जाँचकालागि उहाँलाई आग्रह गरेपछि प्रहरी आयो। तर, मापसे जाँच गरिएको छैन।पदाधिकारीहरुलाई मापसे जाँच नगरिकन त्यहाँबाट लैजाने प्रयास गरिंदैछ।’

प्रतिष्ठान सुधारको लागी माग राख्दा पदाधिकारीले वार्तामा बोलाएर गरेको व्यवहारले प्रतिष्ठानको बेइज्जत भएको बताउँदै गिरीले आफुहरुको समेत अपमान भन्दै आन्दोलनकारीहरु आक्रोशित बनेका छन्।

आक्रोशित आन्दोलनकारीहरुले उपकुलपतिको मेडिकल जाँच गर्नुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् भने उपकुलपतिसहित चारै जना पदाधिकारीहरुको राजिनामा वा बर्खास्त नभएसम्म आन्दोलन नरोकिने संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले बताए।

अहिले पदमा रहेका उपकुलपति गिरी, रजिस्ट्रार रेग्मी र रेक्टर खनाल र प्रतिष्ठानलाई दोहन गर्न उनीहरुलाई साथ दिने आसेपासे  रहुन्जेल प्रतिष्ठान सुधारको काम कल्पनामा मात्र सिमित हुने भन्दै आन्दोलनकारीले उनीहरुको विदाईको विकल्प नरहेको पोखरेलको जिकिर छ।

यसअघि प्रतिष्ठान सुधारको माग राखेर धरानका सबै राजनीतिक दल, नागरिक समाज र प्रतिष्ठानका चिकित्सक कर्मचारीले आन्दोलन थालेपछि दुई सातादेखि प्रतिष्ठानका उपकुलपति गिरी सम्पर्कमा थिएनन्।

पन्ध्र महिना अगाडि प्रतिष्ठानको उपकुलपति भएर आए यता डा. गिरीले कार्यसम्पादन राम्रोसँग नगरेका कारण प्रतिष्ठानको अवस्था कमजोर भएको भन्दै प्रतिष्ठानमा चिकित्सक, कर्मचारी र धरान नागरिक दबाब समूहले छुट्टा छुट्टै आन्दोलन थालेका थिए। धरान नागरिक समाजले प्रतिष्ठान सुधार गर्न माग राखेर अल्टिमेटम दिएको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist