ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ चैत्र १४ गते, ११:०५ बजे
प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता
24
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल प्रेस युनियन सुनसरी र अजोड इन्स्योरेन्सबीच दुर्घटना बीमा सम्झौता भएको छ ।

सोमबार (आज) प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहाल (दिनेश) ले दुर्घटना बीमामा सम्झौता गरेका हुन् ।

यसअघि अघिल्लो वर्षपनि सुनसरीसहित प्रदेश १ का १४ वटै जिल्लाका प्रेस युनियन अध्यक्षहरू गरी ३२८ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो ।

तर, यसवर्ष जिल्लाका २७१ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले बताए ।

उनका अनुसार बीमामा लाग्ने कुल रकममध्ये आधा रकम युनियनले व्यहोर्नेगरी सम्झौता भएको हो । जसमध्ये एक लाख ३६ हजार रुपैँया रकम प्रेस युनियन सुनसरीले व्यहोर्ने र बाँकी रकम इन्स्योरेन्स कम्पनीले व्यहोर्नेगरी सम्झौता भएको उनले बताए ।

‘बीमित सञ्चारकर्मीको दुर्घटनामा मृत्यु भएमा सात लाख रुपैँया पाउनेछन् भने घाइते भएमा अधिकतम् एक लाखसम्म पाउनेगरी सम्झौता भएको छ,’ अधिकारीले भने, ‘दुर्घटनामा अङ्गभङ्ग भए वा कामै गर्न नसकेको अवस्थामा पनि कम्पनीको पोलिसी अनुसार रकम पाइन्छ, आजको मितिबाट एक वर्षसम्मका लागि सम्झौता भएको हो ।’

प्रेस युनियन सुनसरीका उपाध्यक्ष सञ्जीव वाग्लेका अनुसार अघिल्लो वर्षपनि गरिएको बीमा यसवर्ष पनि दोहो¥याइएको हो ।

‘दुर्घटना विपत्ति रहेकाले कहाँ कतिबेला कसरी हुन्छ थाहा हुँदैन, त्यसैले सञ्चारकर्मीको सुरक्षाका लागि हामीले बीमा गरेका हौँ,’ वाग्लेले भने, ‘जिल्लाका सञ्चारकर्मीको दुर्घटना बीमाका लागि हामीले यसअघि मिडिया हाउससँग नामावली मागेका थियौँ, सोही नामावलीका आधारमा बीमा गरिएको हो ।’

अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्रीले बीमा गर्नुले मानिसको जीवनमा सकारात्मक प्रभाव पर्ने बताए । उनले भने, ‘हरेक मानिसले दुर्घटना बीमा गर्न आवश्यक छ, प्रेस युनियनले यसरी सञ्चारकर्मीको दुर्घटना बीमा गरिनुले हामीलाई पनि थप उत्प्रेरित गरेको छ ।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist