इटहरी । नेपाल सरकारका सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार पूर्ण प्रेस स्वतन्त्रता प्रती पुर्ण प्रतिवद्द रहेको बताएका छन् ।
शनिबार साँझ इटहरी स्थित नेपाल टेलिभिजन इटहरी शाखाको अवलोकन गरेका मन्त्री कार्कीले टेलिभिजनमा आयोजित स्वागत सम्मान कार्यक्रममा बोल्दै सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन् ।
नेपाल टेलिभिजन सबै नेपालीको साझा भएको बताउँदै सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रती प्रतिवद्द रहेको बताए । मन्त्री कार्कीले भने, ‘वर्तमान सरकार प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ । मिडिया क्षेत्रको स्तरोन्नतिका लागि सरकारले के काम गर्नुपर्ने हो त्यो विषयमा सरकार प्रतिवद्व छ ।’
विविध किसिमका संस्कृतिलाई जगेर्ना गर्दै भौगोलिक विविधताको संरक्षण गर्नका निम्ति मिडिया क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले त्यतातर्फ पनि ध्यान दिनुपर्नेमा कार्कीको जोड थियो ।
आफू सुनसरी क्षेत्र नं. ४ बाट निर्वाचित भएको बताउँदै उनले सुनसरीका जनताको समस्या समाधानका निम्ति आफूले प्रत्यक्ष रूपमा काम गरिरहेको दाबी गरे ।