ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

‘उपकुलपतिलाई मातिएको हालतमा वार्तामा प्रस्तुत गर्ने अन्य पदाधिकारी पनि अपराधी हुन्’ : नागरिक दबाब सञ्जाल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार १६ गते, १८:३४ बजे
आन्दोलनकारीले वीपीका पदाधिकारी चढ्ने गाडीको चाबी खोसे, रिले अनसनको घोषणा (भिडियो सहित)
60
SHARES
Share on FacebookShare on Twitter

ईटहरी, १६ असार । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार संयुक्त संघर्ष समितिसँगको वार्ताको क्रममा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको धरान नागरिक दबाब सञ्जालले जनाएको छ।

समस्या समाधानका लागि वार्तामा बोलाउनु सह्रानीय काम भए पनि कार्यालय समयमै मादक पदार्थ सेवन गरेर संस्थाका जिम्मेवार पदाधिकारीहरु वार्तामा आउनु अति नै गम्भीर एवम् अक्ष्यम्य अपराध भएको भन्दै सञ्जालले घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो।

उपकुलपतिलाई मातिएको हालतमा वार्तामा प्रस्तुत गर्ने अन्य पदाधिकारीहरु पनि सोही दर्जाका अपराधी भएको दबाब सञ्जालले ठहर गरेको सञ्जालका संयोजक राजेन्द्र शर्मा र सदस्य सचिव कमल तिगेलाले विज्ञप्ती जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तीमा भनिएको छ, ‘मादक पदार्थ सेवन गर्नेले जुन दर्जाको अपराध गरेको छ¸ उसलाई मातिएको हालतमा वार्तामा प्रस्तुत गरेर नङ्याउने चेष्टा र षडयन्त्रमा सामेल अरु पदाधिकारीहरु समेत सोही दर्जाका अपराधी हुन् भन्ने हामीले ठहर गरेका छौँ। पदाधिकारीहरुको यस्तो स्तरबिहीन प्रस्तुति र बदनियत पूर्ण हर्कतको हामी घोर भर्त्सना गर्दछौँ।’

दबाब सञ्जालले प्रतिष्ठानमा भएका समस्याहरुको तत्काल निराकरणका उपायहरुको खोजी गर्न र यसको गरिमालाई पुनःस्थापित गर्न एक अधिकार सम्पन्न उच्च स्तरीय छानबिन आयोग गठनको पनि जोडदार माग गरेको छ।

विज्ञप्तीमा भनिएको छ, ‘छानबिनबाट प्रमाणित भएका दोषीहरु उपर हदैसम्मको कारबाहीको पनि हामी जोडदार माग गर्दछौँ । हिजोको परिस्थितिका कारण नयाँ मोडमा पुगेको संयुक्त संघर्ष समितिले उठाएका प्रतिष्ठान सुधारका जायज एवम् पेशागत मागहरुको तत्काल सम्बोधन गरी हाल उत्पन्न गतिरोध अन्त्यका लागि पहल गर्न समेत हामी सरकारसंग जोडदार माग गर्दछौँ।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist