काठमाडौं । गायिका तथा गीतकार गायत्री थापाले सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाली कांग्रेसलाई निर्वाचनमा सघाउने काँग्रेस गीत ‘चार तारे झण्डा’ ल्याएकी छन् ।
गीतलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गरे । कार्यक्रममा महामन्त्री शर्माले कलाकारको श्रृजनामा ठूलो बल हुने बताउदै यो गीतले स्थानिय चुनावमा नेपाली काँग्रेसलाई जिताउन सहयोग गर्ने बताए। उनले गीतकारलाई धन्यवाद पनि भनेका छन्। गायिका थापाले आफू निकट पार्टीलाई चुनावमा सघाउनकै लागी गीत बनाएको बताइन्।
लोक, आधुनिक थुप्रै गीतमा शब्द तथा स्वर भरेकी गायिका गायत्रीलाई यो गीत गायनमा कृष्ण काफ्ले र रीता केसीले साथ दिएका छन् ।
राजकुमार बगरको संगीत रहेको गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ ।
जसमा विजय पुन, रीचा थापा, आरुसी मगर, जर्नादन आचार्य लगायत थुप्रै व्यक्तिको अभिनय देख्न सकिन्छ । अजय रेग्मीको छायांकन रहेको भिडियोमा नविन घर्तीमगरको सम्पादन छ ।