ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पेट्रोलियम खपत २० प्रतिशतसम्म घटाउने योजनाको प्रस्ताव मन्त्रिपरिषदमा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ चैत्र २८ गते, २०:०२ बजे
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य १५ सय पुग्यो
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने योजनासहितको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । अर्थ मन्त्रालयले हाल खपत भइरहेको पेट्रोलियम पदार्थको खपत २० प्रतिशतसम्म घटाउने लक्ष्यका साथ प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले सातामा दुई दिन सार्वजनिक बिदा दिनेगरी पेट्रोलियम पदार्थको खपत घटाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भइसकेको जानकारी दिए । उनले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै भने, ‘पेट्रोलियम पदार्थको खपत घटाउन सातामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा गरिएको छ ।’

सातामा दुई दिन सार्वजनिक बिदा दिँदा निजी प्रयोजनका लागि खपत हुँदै आएको पेट्रोलियम पदार्थको खपत घट्ने अनुमान सरकारको छ । सार्वजनिक विदामा सरकारी लगायत विभिन्न कार्यालय बिदा हुने र त्यो दिन प्रयोग हुने पेट्रोलियम जोगिने प्रक्षेपणसहित सरकारले सातामा दुई दिन विदा दिएर २० प्रतिशतसम्म पेट्रोलियमको खपत घटाउने योजना बनाएको हो ।

कोभिड महामारी साम्य बनेयता र रुस–युक्रेन युद्धका कारणले विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.८९ अमेरिकी डलर छ । यस्तै, हाल नेपालमा पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १६० रुपैयाँ र डिजेलको बिक्री मूल्य प्रतिलिटर १४३ रुपैयाँ छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अनियन्त्रित गतिमा बढ्दा नेपालको भुक्तानी सन्तुलन नै समस्यामा परेको छ । बढेको मूल्यमा तेल किनेर घाटामै तेल बेच्दै आएको नेपाल आयल निगमसँग यतिबेला तेल किन्ने रकम समेत छैन । पछिल्लो समय निगमलाई तेल किन्न सरकारले रकम दिँदै आएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist