ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

फाइल बढुवाको पक्षमा छैन – प्रेस युनियन कोषाध्यक्ष अधिकारी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ बैशाख ६ गते, १९:२८ बजे
फाइल बढुवाको पक्षमा छैन – प्रेस युनियन कोषाध्यक्ष अधिकारी
31
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाल प्रेस युनियनका कोषाध्यक्ष सरोज अधिकारीले आगामी जेठ १३ र १४ गते हुने युनियनको महाधिवेशनमा आफू स्वभाविक रूपमा सभापतिको दाबेदार रहेको बताएका छन् ।

सरकारी कर्मचारीको बढुवामा जस्तो आफू फाइल बढुवाको पक्षमा नरहेको बताउँदै अधिकारीले आफू सभापतिको स्वभाविक रूपमा उमेदवार रहेको बताए ।  मंगलबार प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा बोल्दै उनले आफू स्वभाविक रूपमा सभापतिको उमेदवार रहेको दावी गरेका हुन् ।

`स्वभाविकै हिसाबमा म सभापतिको दाबेदार हुँ । म नै हुनुपर्छ भन्ने होइन, तर मेरो नेतृत्व भयो भने सकारात्मक रूपमा विधि, पद्धति अनुसार अगाडि बढ्नेछु ।´

उनका अनुसार आगामी जेठ १३ र १४ गते वाग्मती प्रदेशको राजधानी हेटौंडामा हुने केन्द्रीय अधिवेशनमा देशभरका केन्द्रीय पार्षदहरूको उपस्थित हुनेगरी आफू पूर्व आएको अवसरमा भेटघाटको कार्यक्रम राखिएको हो ।

उनले युनियन सुनसरी जिल्ला देशकै उत्कृष्ट जिल्ला रहेको उदृत गर्दै भने, `सुनसरी युनियन उत्कृष्ट छ भनेर तपाईंहरूले माग गरिरहनै पर्दैन, अब उत्कृष्ट हुनका लागि केही काम बाँकी छ जस्तो लाग्दैन ।´ उनले कोरोनाकालमा सुनसरी युनियनले गरेका काम र त्यसबीचमा भएको गतिविधिको प्रशंसा गरे । गत पत्रकार महासंघको निर्वाचनमा संगठनको हितविपरीत बागी उमेद्वार दिनेलाई कारबाही गरिएको र अब जिल्लाले सिफारिस गरेमा कारबाही फुकुवा हुने पनि आश्वासन दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय अमर खड्का, भीषण राई, प्रेस युनियन केन्द्रीय सदस्य हेमराज दाहाल, प्रेस युनियन सुनसरी निवर्तमान अध्यक्ष तथा प्रदेश सचिव धनबहादुर पुरी, कोशी अन्चल सचिव कृष्ण भट्टराई, महासंघ सुनसरी उपाध्यक्ष गणेश निरौला लगायतले बोल्दै सुनसरी युनियन उत्कृष्ट रहेकाले केन्द्रमा आगामी महाधिवेशनबाट पदाधिकारीसहित कार्यसमिति पदमा नेतृत्व पाउनुपर्ने दाबी गरे ।

कार्यक्रममा युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले प्रेस युनियनले गरेका गतिविधिबारे जानकारी गराए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist