धरान । उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारीले आज पदबाट राजिनामा दिएकी छन् । बैशाख ३० गते हुने चुनावमा नेकपा एमालेबाट उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारीको टिकट पाएकोले उनले राजिनामा दिएकी हुन् ।
अपरान्ह उपमहानगरपालिकामा मेयर तिलक राईलाई उनले राजिनामपत्र बुझाएकी हुन । निर्वाचन नियमावली अनुसार उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दा पदबाट राजिनामा दिएको निस्सा सहित उपस्थित हुनुपर्ने प्रावधान छ ।
उक्त अवसरमा उपमेयर भण्डारीले नगरपालिका कर्मचारीहरु सङ्ग भेटघाट गरि ५ वर्षे कार्यकालमा सहयोग पुर्यएकामा धन्यवाद ज्ञापन गरिन् ।