इटहरी । स्थानीय तहको निर्वाचनका लागि इटहरीमा नेपाली कांग्रेसबाट हेमकर्ण पौडेलले मेयरका लागि टिकट पाएका छन् ।
नेपाली कांग्रेस इटहरीका सभापति समेत रहेका उनलाई आज (सोमबार) विराटनगरमा बसेको बैठकले मेयरका लागि अगाडि सारेको हो।
नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा आज (सोमबार) बिहान भएको छलफल उनलाई टिकट दिने निर्णय भएको हो ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले भागबण्डाका आधारमा इटहरीमा नेकपा एकीकृत समाजवादी पार्टीलाई उपमेयर दिने निर्णय गरेको छ । उपमेयरमा एकीकृत समाजवादीले केशवकुमार विष्टलाई उमेद्वार बनाउने निर्णय गरेको छ ।
इटहरी नगरपालिका छँदा २०५४ को निर्वाचनमा एमालेले जितेको थियो । त्यतिबेला करीब २३ हजार मतदाता थिए । उपमहानगरपालिका भइसेकपछि ०७४ को स्थानीय निर्वाचनमा इटहरीमा कुल मतदाता ७७ हजार ६७७ थिए ।
अहिले यो संख्या बढेर १ लाख ४ हजार ६०६ मतदाता रहेका छन् ।
यस अघि नै उप–मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय अनुसार नेकपा एकीकृत समाजवादीका सुनसरी इन्चार्ज र पार्टीको खेलकुद विभाग प्रमुख केशव कुमार विष्टलाई उपमेयरमा अघि सारीसकेकाे छ ।
इनरुवामा भण्डारी
नेपाली कांग्रेस सुनसरीका जिल्ला सभापति समेत रहेका केदार भण्डारीलाई इनरुवा नगरपालिकाको मेयरमा उठाउने निर्णय भएको छ ।
आगामी बैशाख ३० गते हुने निर्वाचनमा भण्डारीलाई कांग्रेसबाट इनरुवाको मेयर उठाउने निर्णय भएको हो ।
लामो समयदेखि राजनीतिमा सक्रिय रहेका भण्डारीलाई आज विराटनगरमा भएको छलफलले मेयरका लागि उठाउने निर्णय भएको हो ।
धरानमा किशोर राई
धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट किशोर राईले मेयरका लागि टिकट पाएका छन् ।
नेपाली कांग्रेस धरानका पूर्वसभापति समेत रहेका उनलाई आज (सोमबार) विराटनगरमा बसेको बैठकले मेयरका लागि अगाडि सारेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा आज (सोमबार) बिहान भएको छलफल राईलाई धरानको मेयरका लागि टिकट दिने निर्णय भएको हो ।
रामधुनीमा अधिकारी
सुनसरीको रामधुनी नगरपालिकामा नेपाली कांग्रेसले मेयरमा सुदीप अधिकारीलाई टिकट दिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा सोमबार भएको छलफलबाट अधिकारीलाई मेयरमा टिकट दिने निर्णय भएको हो ।
अधिकारी कांग्रेस रामधुनीका नगरसभापति समेत हुन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अधिकारीलाई मेयर उठाउने निर्णय भएको हो ।
बराहक्षेत्रमा कार्की
बराहक्षेत्र नगरपालिकामा रमेश कार्कीलाई कांग्रेसले टिकट दिएको छ । पार्टीका नगर सभापति समेत रहेका कार्की गठबन्धनका तर्फबाट बराहक्षेत्रमा मेयरका उमेद्वार भएका छन् ।
त्यसैगरी, दुहबी नगरपालिकाका लागि मेयरमा बेद गच्छदारले गठबन्धनको तर्फबाट मेयरको टिकट पाएका छन्
