ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरी – ८ लाई नमुना वडा बनाउँन दोश्रो कार्यकाल आवश्यक छ : रोहित चौधरी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ बैशाख १३ गते, २०:३९ बजे
इटहरी – ८ लाई नमुना वडा बनाउँन दोश्रो कार्यकाल आवश्यक छ : रोहित चौधरी
155
SHARES
Share on FacebookShare on Twitter

इटहरी । आसन्न स्थानीय तह निर्वाचनका लागि इटहरी उपमहानगरपालिका वडा नम्बर ८ को अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रोहित चौधरीले उमेद्वारी दिएका छन् ।

बैशाख ३० गते हुने निर्वाचनको लागि नेपाली कांग्रेसका वडा सभापति समेत रहेका चौधरीले वडाध्यक्ष पदमा दोश्रो कार्यकालका लागि सोमवार उमेद्वारी दर्ता गराएका थिए ।

पहिलो कार्यकालमा अधुरा रहेका कामहरुलाई पूर्णता दिन दोश्रो कार्यकाल आवश्यक भएको बताउँदै चौधरीले आफ्नो वडालाई इटहरी उपमहानगरपालिकाको नमुना वडा बनाउँने दावी गरे ।

उनले भने, ‘पहिलो कार्यकालको समय वडालाई व्यवस्थित गर्ने काममा बित्यो । वडाको विकाशका लागि महत्त्वपूर्ण आधारहरु निर्माण भएका छन् । केहि निर्मणको चरणमा छन् । दोस्रो कार्यकालमा अधुरा कामहरु पूरा गरेर ८ नम्बर वडालाई इटहरीकै नमुना वडा बनाउँने धोको छ ।’

इटहरी उपमहानगरपालिकाको शैक्षिक हवको रुपमा विकाश हुँदै गरेको उक्त वडामा सवै उमेर समूहमा उत्तिकै लोकप्रिय नेताको छवि बनाएका चौधरीले महिला वडा सदस्य, दलित महिला वडा सदस्य र दुई जना खुला वडा सदस्य सहितको टिम घोषणा गरेका हुन् ।

चौधरी नेतृत्त्वको उक्त टिममा खुला वडा सदस्यहरुमा खुपराज शर्मा र ध्रुब प्रसाद आचार्य रहेका छन् भने महिला वडा सदस्यमा हिरा कुमारी चौधरी रहेकी छन् । त्यसैगरी, दलित महिला वडा सदस्यमा रंजना सरदार रहेकी छन् ।

०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पहिलो पटक विजयी भएका उनको पहिलो कार्यकाल सक्रिय एवम् उपलब्धीपूर्ण मानिएको छ ।

विभिन्न चुनौतीका वावजुत चौधरीले वडाको विकाशका लागि महत्त्वपूर्ण आधारहरु निर्माण गरेका छन् । केहि निर्माण सम्पन्न भएका छन् भने केहि निर्माणको चरणमा छन् । जसलाई पूर्णता दिन पनि आफुलाई दोश्रो पटक मौका दिन वडावासीसँग उनले आग्रह गरेका छन् ।

वडा कार्यालयको भवन निर्माण 

पहिलो पाँच वर्षको अवधिमा उनको नेतृत्वमा ८ नम्बरको वडा कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न भएको छ । वडा कार्यालयको उक्त भवन निर्माणका लागि चौधरीकी आमा सविता कुमारी चौधरीले एक कठ्ठा चार धुर जग्गा दान दिएकी हुन् । इटहरी उपमहानगरपालिका पालिकाका अन्य वडा कार्यालयहरु सरकारी भवनहरुमा आश्रित रहँदा र भाडाका घरमा कार्यालय संचालनमा रहिरहँदा चौधरीको नेतृत्त्वमा वडा नम्बर आठको आफ्नै कार्यालय पाएको छ । जुन वडा कार्यालय निर्माण सम्पन्न भएको छ भने यहि बैसाख अन्त्यसम्ममा संचालनमा आउने तयारीमा छ ।

२३ किमी पक्की सडक निर्माण  

०७४ को स्थानीय निर्वाचनमा निर्वाचित हुँदा इटहरीका सबैभन्दा कम उमेरका वडाध्यक्ष रहेका चौधरी आफ्नो वडामा सडक विस्तार, स्तरोन्नति र पक्कि बनाउने कार्यमा महत्त्वपूर्ण काम गरेका छन् । आफ्नो कार्यकलमा उनको नेतृत्वमा वडामा २३ किलोमिटर पक्की सडक निर्माण भएको छ ।

चौधरीले आफ्नो नेतृत्त्वमा चार करोडको लागतमा इटहरी बसपार्क देखि घुर्की ‘बाईपास ट्रयाक’ समेत निर्माण गरेका छन् । इटहरी नगरपालिका हुँदै जाने इटहरी रिङ्गरोडको अधुरो रहेको विसुबाबा ग्राम थान हुँदै पुष्पलाल चोकदेखि पश्चिममा वडा नम्बर ७ को सिमाना सम्मको (लिंक रोड) कालो पत्रे निर्माणको काम सम्पन्न भएको छ ।

नगरको मुख्य सडकहरु सँग जोडिएका भित्री सहायक सडकहरुको स्तरोन्नति गर्ने र पक्कि सडक निर्माण गर्ने कार्य समेत चौधरीले आफ्नो कार्यकालमा गरेका छन् ।

डुवानबाट बच्न पानीको निकाश 

त्यसैगरी, उक्त वडामा वर्षातको समयमा हुने डुवानबाट बच्न पानीको निकाशका लागि काम भइरहेको छ । पानीको निकासका लागि वडा मार्फत पशुपती चोक देखि शुष्मा स्कुल सम्म पानीको निकाशका लागि ड्रेन निर्माण भएको छ भने पिपलगाछि देखि नहर सम्म ड्रेन निर्माणको काम धमाधम भइरहेको छ ।

त्यसैगरी, वडामा बग्ने ट्यांग्रा खोलामा वर्षेनी आउने बाढीले खोलाको तटबन्ध कटान गर्दै आएकोमा वडा कार्यालयको सक्रियतामा विभिन्न स्थानमा गरि करिव ७०० मिटर तटबन्ध निर्माण काम समेत सम्पन्न भएको छ ।

टोल टोलमा टोल विकाश भवन निर्माण 

चौधरीको कार्यकालमा वडामा तीन वटा टोल विकाश भवनको निर्माण सम्पन्न भएको छ । जसमा शहिद टोल विकाश, निर्माण टोल विकाश र सुविधानगर टोल विकाशका तीन वटा भवन निर्माण गरिएका हुन् ।

त्यसैगरी, वडामा रहेको इटहरीमा सबैभन्दा पहिले स्थापना भएको सरस्वती सतन मावीलाई व्यवस्थित बनाउन दुई वटा नयाँ भवन समेत निर्माण गरिएको छ भने पुरानो भवनको स्तरोन्नति गरिएको छ । जसमा नेपाली माध्ययमा पढाई भइरहेकोमा चौधरीको पहलमा अंग्रेजी माध्ययमबाट समेत पठनपाठन संचालन गर्ने तयारी रहेको छ ।

कक्षा १० सम्म मात्र संचालनमा रहेको इटहरीकै जेठो उक्त विद्यालयमा दश जोड दुई समेत संचालनमा आएका छन् ।  जसमा ‘प्लस-टु’ मा शिक्षा संकाय अन्तर्गत दुई ‘सेक्सन’ संचालनमा रहेका छन् ।

चौधरीको पहलमा उक्त विद्यालयमा ३५ लाखको लागतमा कवर्ड हल निर्माण गरिएको छ ।

 

 

 

 

Tags: #रोहित

Comments 1

  1. Mahesh Dahal says:
    3 years ago

    Great Job Rohit Sir

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist