धरान । जनताले आफ्ना जनप्रतिनिधिहरुको कस्तो छवि होस् भन्ने अपेक्षा गर्छन ? पक्कैपनि असल, ईमान्दार स्वच्छ छविको जनप्रतिनिधि भए आफु र आफूजस्ता जनताको भलाईका लागि अहोरात्र खट्छन, काम गर्छन भन्ने अपेक्षा हुन्छ ।
तर, बराहक्षेत्र नगरपालिकामा भने नेकपा एमालेले जुवाको खालमा रङ्गे हात पक्राउ परेर सजाय भोगेका एक व्यक्तिलाई वडा अध्यक्षको उमेद्वार बनाएको छ । गत बर्षको कार्तिक १५ गते जुवाको खालबाट प्रकाउ परेको टेकेन्द्र कार्कीलाई नेकपा एमालले वराहक्षेत्र – ६ मा उमेद्वार बनाएको हो ।
वराहक्षेत्र – ८ बाट इलका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले कौडा खेलिरहेको ठाउँमा छापा मारेको थियो । छापा मार्दा कार्की सहित जुवा खेलिरहेका १५ जना जुवाडेलाई २ लाख ८२ हजार बराबर नगद समेत प्रहरीले बरामद गरेको थियो । उनै कार्कीलाई अहिले नेकपा एमालले स्थानीय तहको निर्वाचनकोलागि वराहक्षेत्र – ६ को अध्यक्षको उमेद्वार बनाएको हो ।
गत वर्ष ०७८ कार्तिक १५ गते राती साढे २ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रमुख पाण्डव राजवंशीको कमान्डमा बराहक्षेत्र ८ स्थित कालापानीमा कौडा खेलिरहेकोहरुलाई पक्राउ गर्दा साथबाट खानतलासी गर्दा जुवा खेल्न प्रयोग हुने १६ थान कौडा र नगद रु. ९८ हजार ५ सय , खालको छेउमा रहेको सानो बाकसमा बट्टी उठाएको रकम रु.३३ हजार ५ सय ५५ रुपैया र जुवा खेली रहेका र च्याखे थाप्दै गरेका साथबाट समेत गरि जम्मा २ लाख ८२ हजार ५५ रुपैयाँ वरामत गरेको थियो ।
उनै जुबाको खालमा प्रकाउ परेका ५४ बर्षीय टेकेन्द्र कार्कीलाई एमालेले उमेदवार बनाए पछि कार्कीको विषयमा सर्वसाधारणहरुले टिकाटिप्पणी सुरु गरेका छन ।
उक्त समयमा कार्की सहित १५ जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ३ दिनको म्याद थप गरि कानुनी कार्वाही गरेको थियो ।