ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

रोहितको विजयमा धेरै आमाहरुको आशिर्वादको तागत रहेछ – हेमकर्ण पौडेल

आमाहरुको आशिर्वादले रोहित जी ले चुनाब जितिसक्नु भयो - केशब बिष्ट

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ बैशाख १७ गते, २०:५८ बजे
रोहितको विजयमा धेरै आमाहरुको आशिर्वादको तागत रहेछ – हेमकर्ण पौडेल
219
SHARES
Share on FacebookShare on Twitter

इटहरी । मातातिर्थ औंसीको उपलक्ष्यमा नेपाल महिला संघ इटहरी वडा नम्बर ८ ले तीन सय जना भन्दा धेरै ६० वर्ष उमेर काटेका आमाहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर ८ स्थित शान्ति पार्टी प्यालेसमा आयोजना गरिएको उक्त कार्यक्रममा वडामा बसोबास गर्ने ६० वर्ष काटेका आमाहरुलाई खानपिन एवं दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा ६० वर्ष देखि ९६ वर्ष सम्मका बृद्द आमाहरुको उपस्थिति रहेको थियो ।

महिला संघको आयोजना र वडा नम्बर आठको संयोजनमा भएको उक्त कार्यक्रममा वडाको शिव मन्दिर टोलकी स्थायी वासिन्दा रहेकी ९६ वर्षीय मनमाया बन्जरा पनि सम्मानित भएकी थिइन ।

साठी वर्ष माथिका एकल महिला, दलित, आदिवासी लगायत सवै जाति र समुदायका बृद्द आमाहरुलाई उक्त वडाका पुर्व वडाध्यक्ष समेत रहेका रोहित कुमार चौधरीले दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

नेपाली कांग्रेस इटहरी वडा नम्बर ८ का सभापति चौधरीले मातातिर्थ औंसीको दिन वडाका सबै आमाहरुलाई एकस्थानमा बोलाएर भब्य रुपमा गरिएको सम्मानबाट बृद्द आमाहरु प्रसन्न देखिएका थिए । सम्मानित आमाहरुले आसन्न स्थानिय तहको निर्वाचनमा कांग्रेस तर्फबाट गठबन्धनको उमेद्वार समेत रहेका सभापति चौधरीलाई विजयको आशिर्वाद दिएका थिए ।

रोहित चौधरी सफल अध्यक्ष भित्र पर्नुहुन्छ – हेमकर्ण  

कांग्रेस इटहरीका सभापति एवं गठबन्धनका तर्फबाट मेयरका उमेद्वार हेमकर्ण पौडेल र उपमेयरका उमेद्वार केशव विष्टले मातातिर्थ औंसीको उपलक्षमा महिला संघले आयोजना गरेको उक्त कार्यक्रमको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

आमाको मुख हेर्ने दिन नेपालीहरुको विशेष दिन भएको बताउँदै गठबन्धनका तर्फबाट मेयर र उपमेयरका उमेद्वारद्वयले सिङ्गो वडा भरिका आमाहरुलाई एकठाउँमा ल्याएर सम्मान गर्नु प्रसंसनिय र अनुकरणीय काम भएको बताए ।

त्यसगरी, उक्त सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस इटहरी सभापति हेमकर्ण पौडेलले ०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी उमेद्वार मध्ये रोहित कुमार चौधरी सफल वडाध्यक्ष रहेको दावी गरे ।

सभापति पौडेलले भने, ‘स्थानीय तहको नेतृत्त्व गर्ने कुरामा इटहरी ८ एकदमै सशक्त वडा छ । स्थानीय तहको नेतृत्त्व गर्ने कुरामा इटहरी वडा नम्बर ८ सफल छ । इटहरीमा भएका कांग्रेसबाट निर्वाचित १२ जना वडा सभापति मध्ये रोहित चौधरी सफल अध्यक्ष भित्र पर्नुहुन्छ ।’ 

पुर्व वडाध्यक्ष चौधरीको प्रशंसा गर्दै  पौडेलले भने, ‘वडामा रोहित चौधरीले किन जित्न सफल हुनुभएको रहेछ भन्ने रहस्य आज हामीले थाहा पायौं, यस वडाका यत्रो धेरै आमाहरुको आशिर्वादको तागत रहेछ र रोहित चौधरीले जितेका रहेछन् ।’

एक फरक प्रसंगमा इटहरीमा भएको गठबन्धनको औचित्य माथि प्रष्ट पार्दै पौडलले भने, ‘कुनै अमुक दलले निर्वाचन जित्दै गर्दा हरेक पटक हार्न बाध्य बनाईएको इटहरीलाई जिताउने संकल्पका साथ यो गठबन्धन हो ।’

उनले एमालेबाट नेत्रित्वमा आएका विगतका मेयरहरुमा इटहरीको भविष्यलाई लिएर स्पष्ट भिजन नभएको प्रति कटाक्ष गर्दै २१ औं शताब्दी सुहाँउदो इटहरी निर्माणका लागि इटहरीमा नेतृत्त्वको क्रमभंग हुनुपर्नेमा जोड दिएका थिए ।

एमालेका अहिले सम्मका सवै उमेद्वारहरुको स्कुलिङ समान रहेको बताउँदै उनले इटहरीको विकाश र समृद्धिका निम्ति नेतृत्त्व बदल्न आग्रह गरेका थिए । उनले भने, ‘इटहरीको समृद्दका निम्ति नेतृत्त्व बदलौं । नेतृत्त्व गर्नका निम्ति क्षमता चाहिन्छ, क्षमता मात्र भएर हुँदैन, दुरदृष्टि चाहिन्छ, योजना अर भिजन पनि चाहिन्छ ।’

त्यसैगरी, कार्यक्रमलाई जय नेपालबाट आफ्नो सम्बोधन सुरु गरेका गठबन्धनका तर्फबाट नेकपा (एस)का उमेद्वार केशव विष्टले वडावासीको सेवा कसरी गर्नुपर्छ भन्ने कुरा रोहित चौधरीबाट सिक्नुपर्ने बताएका थिए ।

रोहित र आफु एकै वडाको वासिन्दा भएको बताउँदै विष्टले उपस्थित आमाहरुसंग विजयको आशिर्वाद दिन आग्रह गरेका थिए ।

आमाहरुको आशिर्वादबाट रोहितले चुनाव जितिसकेको बताउँदै विष्टले भने, ‘वडाका यतिधेरै आमाहरुको आशिर्वादले रोहित जी ले चुनाब जितिसक्नु भएको छ । आमाहरुको त्यहि आशिर्वाद मेयर र उपमेयरमा विजयका लागि हामीलाई पनि दिनुहोस ।’

कार्यक्रममा नेपाल महिला संघ इटहरी वडा नम्बर ८ की सभापति सिता अधिकारीले समेत आफ्नो धारणा राखेकी थिइन् । कार्यक्रम वडा समितिका सचिव विवेक अधिकारीले संचालन गरेका थिए ।

 

 

 

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist