धरान । वराहक्षेत्रमा ५ वर्ष कार्यकाल पूरा गरि दोश्रो कार्यकलका लागि निर्वाचनमा होमिएका नेकपा एमालेका उम्मेदवार निलम खनाल आफ्नै नगरवासीले आफ्ना सरोकारका विषयमा गरेका प्रश्नको जबाफ नदिई भाग्न थालेका छन् ।
आइतवार बराहक्षेत्र नगरपालिका वडा नं १ बगुवामा एमालेले आयोजना गरेको कार्यक्रममा निम्त्याईएका स्थानीयबासीहरुले नगरपालिकाका निर्वतमान मेयर निलम खनाललाई विगत ५ वर्षमा भएका उपलब्धिको विषयमा प्रश्न गर्न थालेपछि खनाल नाजवाफ भएका हुन् ।
उक्त चुनावी कार्यक्रममा स्थानिय सर्वसाधारणले बितेको पाँच वर्षमा तपाईं नेतृत्वमा भएका उपलब्धि के- के छन् ? भनि प्रश्न गर्दा उनले स्पष्ट जवाफ दिन सकेनन् ।
उक्त कार्यक्रममा स्थानीयले वगुबामा सर्वसाधारणले भोग्दै आएका समस्याको सामाधनामा के के गर्नु भयो ? भनेर जिज्ञासा गरेका थिए । तर, खनाललाई सोधिएको प्रश्नको जवाफ एमालेका कार्यकर्ताले दिन थाले पछि भने स्थानीय रुष्ट भएका थिए ।
५ वर्ष मेयर हुदा १ पटक पनि स्थानीयको गुनासो बुझ्न नआएको भन्दै वराहक्षेत्र – १ बगुवाका स्थानिय पूर्व मेयर खनालप्रति प्रति रुष्ट छन् । आइतबार वगुबामा घरदैलो गर्न पुगेका खनाललाई अवैध रुपमा स्थानिय खोलामा ठेक्का लगाएर मेयरले वगुवावासीलाई असुरक्षित बनाएको भन्दै मेयरसँग आक्रोश पोखेका थिए ।
बगुवाका एक स्थानीयवासीका अनुसार विगत ५ वर्षमा खनालले बगुवालाई कहिल्लै प्राथमिकतामा राखेनन् । बगुवा क्षेत्रका जनताको दु:ख, पिडा बुझ्न बगुवा टेकेनन् ।
उनले भने, ‘नगरपालिका भित्र बगुवा पदैन भने जस्तै गरे । अहिले कुन मुख लिएर भोट माग्न आएको भनेर स्थानियले समय मागेरे गुनासो गरे । आक्रोश पोखेका हुन् ।’
स्थानीय सुमन थापाका अनुसार स्थानीयले गुनासो गर्दा एमालेका कार्यक्रताले बिपक्षी दलको मान्छे भनेपछि भने सर्वसाधारण र एमालेका कार्यकर्ता बीच वादविवाद समेत भएको थियो ।