धरान । नेकपा एकीकृत समाजबादीबाट वराहक्षेत्र नगरपालिकाको उप- प्रमुखका उमेदवार लक्ष्णम चौधरीले वराहक्षेत्रमा एमालले आफ्नो कर्तुत लुकाउन भोट मागि रहेको आरोप लगाएका छन् ।
चक्रघट्टि स्थित वसपार्कमा आयोजित चुनाबी कोण सभामा बोल्दै समाजवादीका केन्द्रीय सदस्य समेत रहेका चौधरीले वराहक्षेत्रमा ५ बर्ष स्थानीय सरकार चलाएको एमालले हात जोडेर भोट माग्दै जानू लाजमर्दो भएको जिकिर गरे। उनले भने, `राम्रो काम गरेको भए जनताले भोट दिई हाल्छन् । माग्नै पर्दैन् । ५ वर्षमा भष्ट्रचार अनियमित गरेकाले त्यो कुर्तुत लगाउन मात्र एमालेका उमेदवारले भोट लागेका हुन् ।´ उनले अगाडी भने, `५ बर्षमा खुल्ला भष्ट्रचार र कमिसन खोर नगरपालिका फोहोर बनाएको छ । यो फोहोरलाइ सफा गर्ने एकीकृत समाजबादीलाई भोट दिनु पर्ने उनको भानाई थियो ।´
उनले भष्ट्र ओलि सरकार, तानसाशी भएकाले बिद्रोह गर्नु परेको बताए । २०४९ र २०५४ सालमा तत्कालीन भरौल गाबिसको अध्यक्षमा निर्वाचित चौधरी इमानदार कम्युनिष्ट नेताको रुपमा परिचित छन् ।
मङलवार भएको कोण सभामा नेकपा एकीकृत समाजबादी वराहक्षेत्रका अध्यक्ष चन्द्र मगरले एमाले उमेदवार निलम खनाल बिक्षिप्त भई सकेको बताए । ५ बर्षको लेखाजोखा जनताले गरेकाले जनताले खनाललाई सजाय दिने उनले बताए ।