Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मैले इन्जिनियरिङबाटै कमाईंसके, राजगढका जनताको सेवा गर्न राजनीतिमा आएको छु – उम्मेदवार साह

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ बैशाख २१ गते, ६:४० बजे
मैले इन्जिनियरिङबाटै कमाईंसके, राजगढका जनताको सेवा गर्न राजनीतिमा आएको छु – उम्मेदवार साह
147
SHARES
Share on FacebookShare on Twitter

राजविराज । राजगढ गाउँपालिकामा सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट अध्यक्ष पदका उम्मेदवार अशोक साहले आफू राजगढका सबै जनताको मनमा बसेकाले चुनाव जित्ने दाबी गरेका छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीको बलियो आधार मानिने सप्तरी जिल्लाको राजगढ गाउँपालिकामा रहेका स्थानीय जनताका समस्या प्रत्यक्ष नियालेको र आफुले जनताले दैनिक रुपमा भोग्दै आएका समस्याको इमानदारी पुर्वक सामाधान गर्ने अध्यक्षका उम्मेद्बार इन्जिनियर अशोक साह बताउँछन् ।

‘जनमत पार्टी र यहाँका स्थानीय जनताले अध्यक्षमा उठ्नुपर्छ भनेर दबाब दिएकाले मैले पनि चासो देखाएको हुँ, साहले नीतिसञ्चारसङ्ग भने, ‘पार्टीले पनि मलाई योग्य सम्झिएर टिकट दियो, म जनताको मनमा बसेको छु, अब चुनाव जितेपछि मुस्कानसहितको सेवा प्रवाह गर्छु ।

’कतिपय उम्मेदवारहरूले भने आफूले चुनाव जितेको अवस्थामा सडक बनाउने, जनताका समस्या समाधान गर्ने, भौतिक विकास गर्ने एजेन्डा उठाउँछन् । तर, यसभन्दा भिन्न रहेर साहले जनतालाई सेवा प्रवाह गर्ने बताउँछन् ।

‘सबैभन्दा पहिला त मुस्कानसहितको सेवा लागू गर्छु, जनप्रतिनिधि शासक र जनता सेवक जस्तो देखिने प्रथा हटाएर इमानदारी पुर्वक आफुले गरेका बाचा पूरा गर्ने काम गर्छु। यसो हुँदा जनतालाई पनि स्थानीय सरकार भएको अनुभूत हुन्छ,’ साह भन्छन्, ‘यहाँ बाटो, स्वास्थ्य र शिक्षाका समस्या त छन् नै, तर कार्यालयको सेवा प्रवाहपछि त्यसलाई प्राथमिकतामा राखेको छु ।

’उनले गाउँपालिकाबाट हुने सेवासुविधामा छिटो, चुस्त, दुरुस्त र मुस्कानसहितको सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेको बताए ।यहाँ शिक्षा, स्वास्थ्य, रोजगारी लगायत जनताको आधारभुत आवश्यकता पूरागर्न स्थानिय तहले काम गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले तत्कालै सुरुहुँदा बर्खायाममा डुबानको मुख्य समस्या रहेका कारण त्यसको न्यूनीकरणका लागि पनि अफूले नगर, प्रदेश र संघसम्म समन्वय गरी जनतालाई प्रत्यक्ष अनुभूत हुने किसिमका योजना अगाडि सार्ने बताए ।

उनले भने, ‘यहाँ बाटोको समस्या छ, बाढीको पनि उत्तिकै समस्या छ, यसको न्यूनीकरणका लागि मेरो विशेष पहल हुनेछ, यहाँका जनताको समस्या बुझेको छु ।’ उनले यस क्षेत्रमा शिक्षा, स्वास्थ्यका पनि समस्या रहेका कारण विज्ञहरूसँगको छलफलले यसलाई आकार दिनका लागि महत्वपूर्ण काम गर्ने प्रतिवद्वता जनाए ।

चुनाव जित्ने आधार के–के हुन् भन्ने प्रश्नमा उनि भन्छन्, ‘जनमत पार्टीले जनताको समस्यामा साथमा उभिने गरेको छ। म लगायत हाम्रा संगठनका साथीहरूले गाउँघरमा सबै जनताको सुखदुःखमा सहभागी हुँदै जनताको राय लिने काम गरिरहेका छौ । उहाँहरूले यसपल्ट समाज परिवर्तनको पक्षमा मत हाल्छौँ, हाम्रो मनमा बस्नुभएको छ भन्ने आशीर्वाद दिनुभएकाले चुनाव जित्नेमा विश्वस्त छु ।’

उनले यस क्षेत्रका करिव छ हजार जनताको आफूलाई आशीर्वाद भएका कारण चुनाव जित्ने दाबी गरे । उनले भने, `जनमत पार्टिको जनाधार बलियो छ। हामिले साङ्गठनिक रुपमै प्रत्येक जनता सङ्ग जोडिनेगरि काम गरिरहेका छौ । सुखदुःखमा साथमा छौ। यहाँ विगतदेखी वर्तमानसम्म आमजनता माथि भएका अत्याचार, स्थानिय तहमा जनताका आधारभुत आवस्यकता पूरा गर्न आएको श्रोत माथिको अनियमितता, भ्रस्टाचारको विरुद्धमा जनता एकढिक्का छन।

राजगढमा भएका गलत काम र प्रवृत्ति विरुद्ध जनताको सजगता र एकताले हामीले आरामले चुनाव जित्छौ। ´उनले स्थानीय तहको सम्पुर्ण श्रोत साधनमा स्थानिय जनताको पुर्ण अधिकार भएको बताउँदै ती श्रोत साधनको शत प्रतिशत सदुपयोग गरेर स्थानीय जनताको जीवन स्तर उठाउने दावी गरे ।

उनले भने, `म यहि माटोमा जन्मिएर हुर्किएको युवा हो। पेसाले इन्जिनियर भएकाले मैले आफ्नो आधारभुत आवश्यकता आफ्नै कमाईले पूरा गरिसकेको छु। मलाई गलत तरिकाले कमाउनु छैन। मात्र यहाँका जनताको जीवन स्तर माथी उठाउने र राजगढको विकाशका लागि काम गर्ने ध्येय हो ।´  साहले आगामी ३० गते जनमत पार्टीको चुनाब चिन्ह माइकमा मतदान गरि आफुलाई विजय गराईदिन आग्रह गरेका छन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist