ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

रुपनीको विकाशको प्रतिवद्धता मात्र होइन, मनैदेखि जनताको सेवा गर्छु – भिखो माझी

निःशुल्क इन्टरनेट देखि एक घर एक रोजगार सम्मका प्रतिवद्दता

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ बैशाख २२ गते, १८:५५ बजे
रुपनीको विकाशको प्रतिवद्धता मात्र होइन, मनैदेखि जनताको सेवा गर्छु – भिखो माझी
106
SHARES
Share on FacebookShare on Twitter

राजविराज । रुपनी पाउँपालिकामा डा. सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट अध्यक्ष पदका उम्मेदवार भिखो प्रसाद माझीले आफू रुपनीका जनताको मनमा बसेकाले चुनाव जित्ने दाबी गरेका छन् ।

बिगत ४० वर्षदेखि समाजसेवामा अनवरत खटिएको बताउँदै उनले स्वच्छ छविको, नवविचार धारा बोक्न सक्ने, समाज परिवर्तनको लागि तत्पर र जनताको लागि सदैव समर्पित रहेकाले आफुले चुनाव जित्ने दावी गरेका हुन् ।

सिके राउत नेतृत्वको जनमत पार्टीको बलियो आधार मानिने सप्तरी जिल्लाको रुपनी गाउँपालिकामा रहेका स्थानीय जनताका समस्या प्रत्यक्ष नियालेको र आफुले जनताले दैनिक रुपमा भोग्दै आएका समस्याको इमानदारी पुर्वक सामाधान गर्ने अध्यक्षका उम्मेद्बार भिखो प्रसाद माझीको जिकिर छ ।

जीवनको लामो समय नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा समय व्यतित गरेका रुपनी वडा नम्बर ३ का स्थायी बासिन्दा माझी रुपनीका जनातामाझ स्वच्छ छवि भएका इमानदार नेताको रुपमा परिचित छन् ।

‘जनमत पार्टी र यहाँका स्थानीय जनताले अध्यक्षमा उठ्नुपर्छ भनेर दबाब दिएकाले मैले पनि चासो देखाएको हुँ ।’ माझीले नीतिसञ्चारसङ्ग भने, ‘पार्टीले पनि मलाई योग्य सम्झिएर टिकट दियो, म जनताको मनमा बसेको छु, अब चुनाव जितेपछि रुपनीका जनताको मन जित्ने गरेर काम गर्छु । सेवा प्रवाह गर्छु ।’

आफु निर्वाचित भए एक घर एक रोजगारी सृजना गरेर रुपनीबासीलाई कामको खोजीमा अन्यत्र भौतारिनुपर्ने अवश्थाबाट बाहिर निकाल्न काम गर्ने उनि बताउँछन् । स्थानीयरुपमा श्रम बैंक निर्माण, समाजमा उद्द्यमशीलताको विकाशका लागि उद्यमशीलता विकाश कोष, रोजगार सेवा केन्द्र स्थापना गरेर जनताको जीवनस्तर उकास्न काम गर्ने उनको योजना छ ।

उनि भन्छन्, ‘कतिपय उम्मेदवारहरूले भने आफूले चुनाव जितेको अवस्थामा सडक बनाउने, जनताका समस्या समाधान गर्ने, भौतिक विकास गर्ने एजेन्डा उठाउँछन् । तर, यसभन्दा भिन्न रहेर रुपनीको जनाताको सेवा गर्न चाहन्छु ।

विगत पाँच वर्षमा स्थानीय तहहरुमा जनताले देखेका भोगेका अनुभवबाट पाठ सिक्नुपर्ने उनको बुझाई छ । जनप्रतिनिधि शासक नभएर सेवक भएको बताउँदै भिखो भन्छन्, ‘जनप्रतिनिधि शासक र जनता सेवक जस्तो देखिने प्रथा हटाएर इमानदारी पुर्वक आफुले गरेका बाचा पूरा गर्ने काम गर्छु। यसो हुँदा जनतालाई पनि स्थानीय सरकार भएको अनुभूत हुन्छ ।

उनले गाउँपालिकाबाट हुने सेवासुविधामा छिटो, चुस्त, दुरुस्त सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेको बताए । यहाँ शिक्षा, स्वास्थ्य, रोजगारी लगायत जनताको आधारभुत आवश्यकता पूरागर्न स्थानिय तहले काम गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले रुपनीको विकाशका लागि प्रदेश र संघसम्म समन्वय गरी जनतालाई प्रत्यक्ष अनुभूत हुने किसिमका योजना अगाडि सार्ने बताए ।

चुनाव जित्ने आधार के–के हुन् भन्ने प्रश्नमा उनि भन्छन्, ‘जनमत पार्टीले जनताको समस्यामा साथमा उभिने गरेको छ। म लगायत हाम्रा संगठनका साथीहरूले गाउँघरमा सबै जनताको सुखदुःखमा सहभागी हुँदै जनताको राय लिने काम गरिरहेका छौ । उहाँहरूले यसपल्ट समाज परिवर्तनको पक्षमा मत हाल्छौँ, हाम्रो मनमा बस्नुभएको छ भन्ने आशीर्वाद दिनुभएकाले चुनाव जित्नेमा विश्वस्त छु ।’

उनले भने, `जनमत पार्टिको जनाधार बलियो छ। हामिले साङ्गठनिक रुपमै प्रत्येक जनता सङ्ग जोडिनेगरि काम गरिरहेका छौ । सुखदुःखमा साथमा छौ। यहाँ विगतदेखी वर्तमानसम्म आमजनता माथि भएका अत्याचार, स्थानिय तहमा जनताका आधारभुत आवस्यकता पूरा गर्न आएको श्रोत माथिको अनियमितता, भ्रस्टाचारको विरुद्धमा जनता एकढिक्का छन।

समाज परिवर्तनका लागि जनमत पार्टीमा लागेको बताउँने अध्यक्ष पदका उम्मेदवार माझीले रुपनिको विकाशका लागि रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकाश, विजुली, खानेपानी तथा सरसफाई, सुरक्षा र खेलकुद, सेवा प्रवाह, कृषि,सूचना प्रविधि र सुशासनलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

७१ वर्षीय माझीले आगामी ३० गते जनमत पार्टीको चुनाब चिन्ह माइकमा मतदान गरि आफुलाई विजय गराईदिन आग्रह गरेका छन।

रुपनीको विकाशकालागि माझीको प्रतिवद्दता :

रोजगार

  • “एक घर एक रोजगार” कार्यक्रम ल्याइने छ ।
  • स्थानीयरुपमा श्रम बैंकनिर्माण,उध्यमशीलता विकास कोष,रोजगार सेवा केन्द्रहरु स्थापना गरि रोजगार सूचना केन्द्रबाट सेवा दिइनेछ ।
  • लोक सेवा आयोग तथा अन्य निकायको परिक्षा तैयारी कक्षा निःशुल्क सञ्चालन गरिनेछ ।
  • गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको क्षमता विस्तार गरी रोजगारको माध्यमको सुनिश्चितता गरिनेछ।
  • उध्यमशीलता विकासको लागि Start-up fund(सुरुवाती पुँजी)को व्यवस्था गरिनेछ ।
  • विदेशबाट फर्केका युवाहरुको सीपको इन्भेन्ट्रीनिर्माण गरी तिनलाइ उध्यमशीलताका संवाहकका रुपमा उपयोग गरिनेछ ।

शिक्षा

  • मास्टर डिग्रिसम्मको शिक्षा गाउँपालिका भित्र निःशुल्क उपलब्ध गराइनेछ ।
  • कक्षा १० कोSEE परिक्षामा सबै विद्यार्थीले A/A+ल्याउने गरी शिक्षण पद्दतिमा आमूल परिवर्तन गरिनेछ ।
  • गाउँपालिकाभित्रका सबै विद्यालयका कक्षाकोठा तथा विद्यालय परिसरमा CCTV Camera जडान गरी सक्रिय अनुगमन गरिनेछ ।
  • उच्च शिक्षा, प्राविधिक शिक्षा र व्यावसायिक शिक्षाका लागि कलेजहरु स्थापना गरिनेछ ।
  • विद्यालयहरुको भौतिक संरचनामा सुधार गरी नमूना विद्यालयको रुपमा रुपान्तरण गरिनेछ ।

स्वास्थ्य

  • आगामी ५ वर्षका लागि स्वास्थ्य बिमा निःशुल्क गरिनेछ ।
  • स्वास्थ्य सेवाको आधुनिकीकरण र गुणस्तरीय सेवाको ग्यारेन्टी गरिनेछ ।
  • १०० बेडको सुविधासम्पन्न अस्पताल स्थापना गरिनेछ ।

पूर्वाधार विकाश

  • CCTV सहित हरेक चौक तथा बजारमा टावर बत्ती जडान गरिनेछ ।
  • सडक, नाला, धार्मिक स्थल, आर्थिक रुपले कमजोर दलित तथा गरिब परिवारका लागि आवास योजना, व्यवस्थित फलफूल तथा तरकारी बजार, धर्मशाला निर्माण तथा व्यवस्थापन गरिनेछ ।

बिजुली, खानेपानी तथा सरसफाई

  • हरेक परिवारलाई न्यूनतम २० युनिट तत्कालै निःशुल्क गरिनेछ ।
  • हरेक घरमा शुद्ध खानेपानीको उपलब्धता गरिनेछ ।
  • हरेक चौक, बजार, सडक, सार्वजनिक क्षेत्रको सरसफाईमा छुटै कानून ल्याई अनिवार्यता गरिनेछ ।
  • एक घर एक शौचालय कार्यक्रमलाई एक आ.व. भित्र पूर्णता दिइनेछ ।

सुरक्षा व्यवस्थापन

  • गाउँप्रहरी भर्ना गरी पुरै पालिकामा शान्ति सुव्यवस्था कायम गरी महिलामैत्री गाउँको स्थापना गरिनेछ ।
  • हरेक चौक तथा बजारमा प्रहरी विट स्थापना गरिने छ ।
  • विवाद समाधानको लागि छुटै संयुक्त संयन्त्र बनाइनेछ ।

खेलकुद तथा मनोरन्जन

  • युवाहरुको शारिरीक तथा मानसिक विकासको लागि खेलकुद तथा व्यायाम स्थलको विकाश गरिनेछ ।
  • प्रादेशिक तथा राष्ट्रिय टिममा खेल्न क्रिकेट तथा फूटबल एकेडेमि जस्ता खेलकुद प्रशिक्षण केन्द्रहरुको स्थापना गरिनेछ ।

सेवा प्रवाह

  • विद्युतीय प्रशासन तथा डिजिटल कारोवारको प्रत्याभूत गरिनेछ ।
  • न्यायिक समितिको सुदृढीकरण गरिनेछ ।
  • सार्वजनिक खारिदको क्षमता विकासका कार्यक्रम राखि पारदर्शिता प्रबर्धन गरिनेछ ।

कृषि

  • कृषि उत्पादन दोब्बर वृद्धि गर्न कृषिमा आधुनिकीकरण गरिनेछ ।
  • मल्टीलेयर, क्रस, इन्टर क्रोपिङ्ग कृषि प्रणाली लागु गरिनेछ ।
  • मल, खाद, बिउ-विजन, सिंचाई, किसान कार्ड, कृषि बिमा, कृषि उपकरण, बजार व्यवस्थापन, कोल्ड स्टोर, कृषि तालिमको चुस्त व्यवस्थापन गरिनेछ ।
  • पशुपालन, माछापालन, पशु रोग नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पहल गरिनेछ ।
  • कृषि पर्यटनका सम्भावित क्षेत्र पहिचान गरि प्रवर्धन गरिनेछ ।
  • बजार मुख्य समस्या रहेको कृषि क्षेत्रमा न्यूनतम मूल्य (Minimum Support Price, MSP) तोकेर किसानबाट सिधा किनबेचका कृषि शेल्टरहरु बनाइनेछ ।

सूचना तथा प्रविधि

  • पुरै गाउँपालिका भरि Free-wifi (निःशुल्क इन्टरनेट) को नेटवर्क जडान गरिनेछ ।
  • गाउँपालिकाका उमेर पुगेका प्रत्येक व्यक्तिलाई निःशुल्क मोबाइल र सिम कार्ड उपलब्ध गराइनेछ ।
  • सबै किसिमका परामर्श सेवा (शैक्षिक, कानूनी, स्वास्थ्य, रोजगार आदि) का लागि गाउँपालिका परिसरमा नागरिक सेवा केन्द्र (Citizen Service Center, CSC) स्थापना गरिनेछ ।
  • नागरिक कचहरी, सामुदायिक स्वराज टीम, सार्वजनिक सुनुवाई, सूचनाको हकको ग्यारेन्टी गरिनेछ ।
  • मेयरको प्रत्यक्ष निगरानीमा “जनतासँग मेयर” शिकायत सेवा सञ्चालन गरिनेछ ।

उद्योगिकीकरण

  • रुपनीको आन्तरिक उत्पादन बढाउन स्थानीय तहबाट प्राप्त हुने कच्चा पदार्थको हिसाबले घरेलु, साना तथा मझौला उद्योग स्थापना गर्न प्राथमिकता दिइने छ ।
  • ग्रामिण उद्योग स्थापनाको लागि सुरुवाती लगानि (Start-up Fund)र प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराइनेछ ।

राजनीति, कार्यदिशा तथा सुशासन

  • जनताराज, सामुदायिक स्वराज, भ्रष्टाचार मुक्त समाज, भेदभाव मुक्त समाज, आधारभूत आवश्यकताको ग्यारेन्टी, समाजिक न्यायको प्रत्याभूतिका साथ “आत्मनिर्भर रुपनीगाउँपालिका स्थापना”
  • पार्टीर नेतृत्वको लोकतान्त्रिकरण गरिनेछ ।
  • आसेपासे पूँजिवादलाई निरुत्साहित गरिनेछ ।
  • पारदर्शिताको लागि ई-सरकार बनाइनेछ ।
  • अन्तरसरकारी संयन्त्रको प्रभावकारी उपयोग गरिनेछ ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist