राजविराज । बैशाख ३० गतेको स्थानीय निर्वाचन नजिकिंदै जाँदा जनमत पार्टीले जिल्लाको राजगढ गाउँपालिकामा विशाल र्र्याली आयोजना गरेको छ ।
जनमत पार्टीका तर्फबाट राजगढ़ गाउँपालिकाको अध्यक्ष पदका प्रत्यासी रहेका उम्मेदवार अशोक शाहका अनुसार जनमतले सोमवार राजगढमा जिल्लामै विशाल चुनावी र्र्याली गरेको हो ।
उम्मेदवार शाहका अनुसार मोटरसाइकल र गाडी सहितको उक्त र्र्यालिमा हजारौको संख्यामा मानिसहरु सहभागी भएका थिए ।
उक्त र्र्यालीको विषयमा जानकारी दिंदै उम्मेदवार साहले भने, ‘ जिल्ला विशाल र्र्याली राजगढ गाउँपालिकामा जनमत पार्टी राजगढले गरेको छ । गाडिको ठुलो लस्कर करिव ३ किमी सम्मको रहेको थियो । जुलुस बिहान सुरु भएर राति ९ बजे मात्रै अन्त्य भयो ।
६७० वटा मोटर साईकल लगायत सयौंको संख्यामा गाडीहरु सहभागी उक्त जुलुसमा दशौँ हजार जनाको सहभागिता थियो ।’
साहका अनुसार आइतवार जनमत पार्टीले गरेको आव्हान पछि जनमत पार्टीको पक्षमा उक्त जनलहर उर्लिएको हो ।
त्यसैगरी, उम्मेदवार साहले आफू राजगढका सबै जनताको मनमा बसेकाले चुनाव जित्ने दाबी गरेका छन् । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको बलियो आधार मानिएको सप्तरी जिल्लाको उक्त गाउँपालिकामा रहेका स्थानीय जनताका समस्या प्रत्यक्ष नियालेको र आफुले जनताले दैनिक रुपमा भोग्दै आएका समस्याको इमानदारी पुर्वक सामाधान गर्ने अध्यक्षका उम्मेद्बार रहेका युवा इन्जिनियर अशोक साहको दावी
छ ।










