इनरुवा । इनरुवा नगरपालिका वडा ४ मा नेपाली कांग्रेसको तर्फबाट जितेन्द्र यादब वडाध्यक्षमा चुनावी प्रतिष्पर्धामा छन् ।
यसपटक इनरुवा ४ मा रोचक प्रतिष्पर्धा हुने भएको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षमा यादवको उमेद्वारी छ भने स्वतन्त्र उमेद्वारको रुपमा नेपाली कांग्रेसबाट बागी उमेद्वारको रुपमा रामदेव चौधरी प्रतिस्पर्धामा देखिएका छन् । कांग्रेसको जिल्ला सभापति सहितका नेताहरुको टिममा भएका कारण कांग्रेसको आधिकारिक उम्मेदवारको रुपमा यादब बलिया देखिएका छन् ।
विभिन्न सामाजिक संस्थामा नेतृत्वदायी भूमिका सक्रिय रहेर जिम्मेवारी निर्वाह गरिसकेका यादव इनरुवा ४ मा लोकप्रिय नेताका रूपमा चिनिन्छन् ।
‘जनतासमक्ष प्रत्यक्ष जोडिएर काम गर्ने ठुलो इच्छा छ । आफ्ना वडावासी जनताको सेवामा समर्पित भएर काम गर्ने प्रण गरेको छु,’ यादब भन्छन्, ‘पार्टीले पनि मलाई योग्य सम्झिएर टिकट दियो, म जनताको मनमा बसेको छु, अब चुनाव जितेपछि मुस्कानसहितको सेवा प्रवाह गर्छु ।’
सन् २०१९ मा इनरुवा जेसिसका प्रेसिडेन्ट रहिसकेका उनले वडाबाट हुने सेवासुविधामा छिटो, चुस्त, दुरुस्त र मुस्कानसहितको सेवा प्रवाहलाई मुख्य प्राथमिकतामा राखेको बताए ।
वडामा शिक्षा, स्वास्थ्यको आधारभूत आवश्यकतालाई पुरा गर्दै, वडामा कृषिको व्यवसायिक विकासमा जोड दिएर युवाहरुलाई रोजगारीको अवशर सृजना गर्ने उनको योजना छ । एक किलोमीटर सडक समेत पक्कि नभएको बताउँदै उनले आफ्नो वडाको विकाशमा अहिले सम्मका जनप्रतिनिधिले केहि काम नगरेकोमा उनि दुखित देखिए ।
उनि भन्छन्, ‘हाम्रो वडाको अवश्था यस्तो छ कि एक किमी पक्कि सडक समेत बन्न सकेन । जिम्मेवारी लिएर बसेकाहरुले काम गरेनन् । म निर्वाचित भएर आएपछि ग्राभेल सडकलाई पक्कि बनाउँछु । कच्ची सडकलाई स्तरोन्नति गर्छु । कृषिको क्षेत्रलाई आधुनिकीकरण गर्न, नयाँ पूर्वाधारको विकाशका लागि काम गर्छु । 
जनताको आधारभुत आवश्यकता पूरागर्न स्थानिय तहले काम गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले तत्कालै सुरुहुँदा बर्खायाममा डुबानको मुख्य समस्या रहेका कारण त्यसको न्यूनीकरणका लागि पनि अफूले नगर, प्रदेश र संघसम्म समन्वय गरी जनतालाई प्रत्यक्ष अनुभूत हुने किसिमका योजना अगाडि सार्ने उनको योजना छ ।
चुनाव जित्ने आधार के–के छन् त भन्ने प्रश्नमा उनि भन्छन्, ‘जनताको समस्यामा साथमा उभिने गरेको छु । म लगायत हाम्रा संगठनका साथीहरूले गाउँघरमा सबै जनताको सुखदुःखमा सहभागी हुँदै जनताको राय लिने काम गरिरहेका छौ । उहाँहरूले आशीर्वाद दिनुभएकाले चुनाव जित्नेमा विश्वस्त छु ।’
इनरुवा ४ को विकाशका लागि यस्ता छन् यादवका बुँदागत एजेन्डा :
– कुरुवा तथा सुनसरी खोला बाढी ब्यवस्थापन ।
– पुरानो ४ नम्बर गणेशपुर “रिङ्गरोड” स्तरोन्नति तथा सौन्दर्यकरण ।
– रामजानकी मन्दिर घेराबेरा तथा संरक्षण ।
– राजाजी थानको स्तरोन्नति तथा बाकी काम सम्पन्न ।
– बस स्टेन्ड ब्यवस्थापन तथा नयाँ बसपार्क सन्चालन ।
– दिपेन्द्र टोलको हनुमान मन्दिर सौन्दर्यकरण ।
– त्रिवेणी घाट तथा मन्दिर स्तरोन्नति ।
– आनन्द टोल मस्जिद स्तरोन्नति ।
– मुसहरी टोलमा दिनभद्री थान स्तरोन्नति ।
– कृषक लाई नि:शुल्क बिउबिजन ।
– कृषि बजार ब्यवस्थापन तथा सिसि टिभी जडान ।
– वडाका मुख्य चोकहरुमा नि:शुल्क ईन्टरनेट ।
– प्रमुख चोकमा वडा सुचना पाटी ।
– प्रत्येक ३ महिनामा नि:शुल्क स्वास्थ्य शिविर ।
– छोरी-बुहारी शिपमुलक कार्यक्रम ।
– युवा लक्ष्यित नि:शुल्क कम्प्युटर तालिम ।
– कम्तिमा पाँच स्थानमा ज्येस्ठ नागरिक मिलन केन्द्र सन्चालन ।
– विरेन्द्र टोलको नहर बाटो कालोपत्रे ।
– विरेन्द्र टोल – बस स्टेन्ड लिङ्क रोडको स्तरोन्नति ।
– हनुमान चोक – सशस्त्र क्याम्प सडक कालोपत्रे ।
– सिमान्तकृत समुदायका विध्यार्थी लाइ छात्रवृत्ति ।
– सामुदायिक बिद्यालयमा वडा शिक्षण सहजकर्ता ।








