ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

स्थानीय तह निर्वाचन – सकियो प्रतीक्षा, आज मतदान हुँदै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ बैशाख ३० गते, ६:०७ बजे
आयव्ययको लेखा परीक्षण नगर्ने दललाई ५० हजार रुपैयाँ जरिवाना (सूचिसहित)
56
SHARES
Share on FacebookShare on Twitter

इटहरी । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको स्थानीय तहको दोस्रो आवधिक निर्वाचन उत्साहजनक रूपमा शुक्रबार हुँदैछ । निर्वाचन हुने कि नहुने भन्ने राजनीतिक मत विभाजनलाई पार लगाउँदै प्रतीक्षित निर्वाचन आज हुन लागेको हो ।

देशभरका ७५२ स्थानीय तहमा बिहान ७ बजेदेखि ५ बजेसम्म हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय निर्वाचन २०७९ मा ३५ हजार २२१ पदका लागि कुल एक लाख ४५ हजार ११ जना उम्मेदवारले स्पर्धा गर्दैछन् । तीमध्येबाट कुल ३४ हजार ६६० जनप्रतिनिधि मतदानबाट चुनिनेछन् ।

निर्वाचनको क्रममा ३९० जना निर्विरोध निर्वाचित भएका छन् । १७० जना दलित महिला सदस्यका लागि उम्मेदवारी परेको छैन । मनाङको मार्फाभूमि वडा नं. १ मा महिला सदस्यका लागि उम्मेदवारी परेन । एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश छ । जसमध्ये ८७ लाख ४१ हजार ५३० महिला र ८९ लाख ८२ हजार दस पुरुष तथा १८३ जना अन्य लिङ्ग समूहका मतदाता छन् ।

आयोगले वैशाख २९ गतेलाई निर्दिष्ट मिति तय गरेको हुँदा चुनाव घोषणा भएको मितिपछि १८ वर्ष उमेर पूरा भएका करिब २३ हजार मतदाता थपिएका छन् । स्थानीय निर्वाचन २०७४ को अपेक्षा करिब ३६ लाख मतदाता थपिएका छन् । निर्वाचनका लागि दस हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् ।

आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा भने जेठ ३ गते मतदान हुने जनाएको छ । दाङको तुलसीपुर नगरपालिकाको वडा नं. १७ मा समेत जेठ ३ गते नै मतदान हुनेछ ।महाराजगञ्ज नगरपालिकाका उपप्रमुख पदका प्रत्याशी शुभावती कुर्मीको र दाङको वडा नं. १७ का वडा अध्यक्ष पदका प्रत्याशी लभरु चौधरीको निधन हुँदा दुवै स्थानमा जेठ ३ गतेका लागि मतदान सारिएको आयोगले जनाएको छ ।

करिब ४० अर्ब खर्च 

अर्थ मन्त्रालयका अनुसार स्थानीय निर्वाचन २०७९ का लागि करिब १६ अर्ब रुपियाँ बराबरको स्रोत सुनिश्चितता र निकासा भएको छ । उक्त बजेट निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयले खर्च गर्नेछन् ।

निर्वाचन आयोगले करिब आठ अर्ब रुपियाँ खर्च गर्न पाउने गरी स्रोत सुनिश्चित गरी खर्च भएबमोजिम निकासा गरिँदै आएको छ । रक्षा र गृह मन्त्रालयका लागि भने निर्वाचन सुरक्षा प्रयोजनका लागि करिब आठ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

निर्वाचन आयोगले तोकेको उम्मेदवारको खर्च सीमा र उम्मेदवारको सङ्ख्यालाई आधार मान्दा स्थानीय निर्वाचन २०७९ मा करिब ४० अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist