Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

स्थानीय तह निर्वाचन – छिटफुट घटनाबाहेक उत्साहप्रद रूपमा सम्पन्न (कहाँ के भयो ?)

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ बैशाख ३० गते, २०:४१ बजे
स्थानीय तह निर्वाचन – छिटफुट घटनाबाहेक उत्साहप्रद रूपमा सम्पन्न (कहाँ के भयो ?)
26
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका घटनासमेत भएको जनाइएको छ । कतिपय ठाउँमा निर्वाचन स्थगित गरेर अर्काे दिनका लागि मिति तय गरिएको छ । केही क्षेत्रमा केही बेर अवरुद्ध भएर पुनः मतदान सञ्चालन गरिएको थियो ।

यद्यपि समग्रमा निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको नेपाल प्रहरीको निष्कर्ष छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले विभिन्न जिल्लामा छिटफुट घटना देखिए पनि निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको बताए । उनका अनुसार अपराह्न पाँच बजेसम्म प्रहरी प्रधान कार्यालयमा प्राप्त विवरणअनुसार आज ३० भन्दा बढी जिल्लामा ११० घटना भएको छ । उनका अनुसार अझै पूर्ण विवरण आउन भने बाँकी छ ।

प्राप्त विवरणअनुसार विवादका कारण अवरुद्ध भएका ४० वटा मतदानस्थलमा पुनःमतदान गरिएको थियो । उनले काभ्रे, सप्तरी, सर्लाही लगायतका केही मनदानस्थलमा मतदान स्थगित भएको जानकारी आएको बताए । केही जिल्लामा वर्षासमेतले मतदान प्रभावित बनाएको थियो ।

केसीले विभिन्न ११ जिल्लाका केही मतदानस्थलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जानकारी दिए । हुम्लाको एक ठाउँमा भने अश्रुग्यास नै प्रहार भएको थियो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न आज निर्वाचन भएको हो । आज बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

निर्वाचनकै इतिहासमा पहिलो पटक मतदाताका रूपमा नाम दर्ता भई मतदानको दिनभन्दा अघिल्लो दिन १८ वर्ष उमेर पूरा गरेका मतदाताले समेत मतदान गर्न पाएको दिन हो आज । प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो ।

कानूनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने, मतदान गर्ने अवसर र अधिकार निर्वाचनले प्रदान गर्छ । निर्वाचन आयोगले सुरक्षित तवरबाट मतपेटिकाको ढुवानीको आवश्यक प्रबन्ध मिलाएको र सबै मतपेटिका सङ्कलन भएपछि तत्काल मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

स्थानीय तहको निर्वाचन पहिलोपटक एकै चरणमा गरिएको हो । नेपालमा संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ मा तीन चरणमा निर्वाचन भएको थियो । त्यो बेला वैशाख ३१, असार १४ र असोज २ मा निर्वाचन सम्पन्न भएको थियो । त्यसअघि विसं २०५४ मा स्थानीय तहको निर्वाचन जेठ ४ र १३ गते गरिएको थियो ।

अहिले एकैपटक देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ०७ बजेदेखि मतदान प्रारम्भ भएको थियो । यसपटक ७५३ स्थानीय तहका कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् । यसअन्तर्गत छ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिकामा गरी २९३ प्रमुख र उपप्रमुख, ४६० गाउँपालिकामा एक÷एक अध्यक्ष र उपाध्यक्ष, छ हजार ७४३ वडाध्यक्षलगायत पदमा जनप्रतिनिधि निर्वाचित हुने छन् ।

स्थानीय तह सदस्य निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् ।

कूल एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा रहेका थिए । त्यसमध्ये ३९० जना यसअघि नै निर्विरोध भइसकेका छन् । निर्वाचन प्रयोजनका लागि आयोगमा ७९ दल दर्ता भएका थिए । आयोगमा दर्ता भएकामध्ये ६५ दलले मात्र मनोनयन दर्ता गराएका थिए । निर्वाचनमा एक लाख नौ हजार ८८ कर्मचारी खटिइएका छन् । ६५ हजार ८६५ स्वयंसेवक र पाँच हजार पर्यवेक्षक तथा दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालित थिए ।

नेपालको संविधान २०७२ को अनुसूचीमा स्थानीय तहलाई महत्वपूर्ण अधिकार दिइएको छ । त्यही अधिकार प्राप्त भएका कारण गाउँठाउँको विकासका लागि सङ्घको मुख ताकिरहनु पर्दैन । त्यसैले पनि २०७२ अघिको स्थानीय निकायको तुलनामा अहिलेको स्थानीय तहको जिम्मेवारी ठूलो छ । गाउँको विकासमा स्थानीय तहले आफैँ निर्णय गरेर कार्यान्वयन गर्न सक्नेछ । स्थानीय तह आफैँमा सरकार र संसद् पनि हो ।

परिचित जनप्रतिनिधि हुने भएकाले पनि समुदायले निर्धक्कसँग कुरा राख्न सक्ने हुँदा पनि नागरिक निर्वाचनमा विभिन्न समस्याका बाबजुद सहभागी भएका थिए । कोही लौरे टोकेर त कोही बच्चा काखी च्यापेर मतदानमा सहभागी थिए । कसैले ह्वील चेयरमा बसेर पनि मत खसाले भने पाका उमेरकाले पनि मताधिकार प्रयोग गरेका दृश्य देखिएको थियो ।

आज मतदानको समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिए पनि पाँच बजे मतदानस्थलभित्र प्रवेश गरेकाले मत खसाल्न पाउने हुँदा केही ठाउँमा मतदान अन्तिम चरणमा छ ।

कहाँ के भयो ?

वर्षाका कारण केही ठाउँमा मतदान प्रक्रिया केही समय रोकिए पनि त्यसले खासै असर नभएको बुझिएको छ। दलका कार्यकर्ताबीच छिटपुट रुपमा भिडन्तका घटना भए भने स्याङ्जामा मतदाता बोकेको गाडी दुर्घटनामा पर्दा १४ जनाले ज्यान गुमाए। वालिङ नगरपालिका–१४ मा र्दुघटना हुँदा दुःखद् नियति भोग्नुपर्यो।

तनहु व्याजका कांग्रेसबाट निष्कासित स्वतन्त्र मेयरका प्रत्यासी दीपक राज जोशीमाथि कांग्रेसका कार्यकर्ताद्धारा सांघातिक घटना भएको निवार्चन आयोग समक्ष सिकाय भएको छ। कांग्रेस नेता गोविन्दराज जोशीका छोरासमेत रहेका दीपकलाई हेलिकोप्टरमार्फत उपचारका लागि पोखरा लगिएको छ।

उता उदयपुरमा फर्जी मतका विषयमा भएको विवादमा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउँदा एक युवकको ज्यान गुमेको छ।

त्यस्तै मतदानका क्रममा गृहजिल्ला पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध पनि अरु दलका कार्यकर्ताले नाराबाजी गरे। विभिन्न स्थानको मतदान केन्द्र पुग्ने क्रममा नेपालविरुद्ध गौरीशंकर यादव रौतहट क्याम्पस मतदान केन्द्रभित्र छिर्न खोज्दा जोगिएर हिड्नुपर्यो।

त्यस्तै सुनसरीको चक्रघट्टीमा पुग्दा सञ्चारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र एमसिसीको विरोधमा नाराबाजी भयो। उनलाई सुरक्षाकर्मीले उद्धार नै गर्नुपरेको थियो।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्राईले मतदान गरेको मतपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि उनलाई निर्वाचन आयोगले २४ घण्टे प्रष्टिकरण पुर्जी थमाएको छ।

स्थानीय चुनावमा सबैको आँखा परेको भरतपुर महागनरपालिकामा मौन अवधिमा मतदाता प्रभावित पारेको भन्दै आयोग पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रष्टिकरण सोध्यो। तथापी दाहाले आफ्नी छोरीलाई दोस्रोपटक भरतपुरको प्रमुखमा जिताउन कुनै कसर बाँकी राखेनन्।

मतदान सकिएसँगै सबै जसो ठाउँमा अहिले मतपेटिका संकलनको काम भइरहेको छ। निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका जम्मा भए लगत्तै गणना थाल्ने तयारी आयोगले गरेको छ। एक हप्ताभित्रै सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक गर्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist