ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सप्तरीको डाक्नेश्वरी नपाका दुईवटा मतदान केन्द्रमा आइतवार मतदान हुने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते, ६:१३ बजे
सप्तरीको डाक्नेश्वरी नपाका दुईवटा मतदान केन्द्रमा आइतवार मतदान हुने
46
SHARES
Share on FacebookShare on Twitter

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहा मतदानस्थलको स्थगित गरिएको दुई वटा मतदान केन्द्रको मतदान आइतबार हुने भएको छ ।

डाक्नेश्वरी नगरपालिकाका निर्वाचन अधिकृत शम्भुनाथ मगरको उपस्थितिमा मतदानस्थलमै शुक्रबार बसेको बैठकले स्थगित भएको मतदान आइतबार बिहान ७ बजेदेखि गर्ने निर्णय गरेको हो ।

‘क’ केन्द्रका मतदान अधिकृत विपिन यादवमाथि स्थानीयवासीले कुटपिट गर्नुका साथै मतपेटिका तोडफोड गरेपछि कानून मन्त्रालयका सहसचिव फणिन्द्र गौतम, निर्वाचन अधिकृत मगर, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्ले, सशस्त्र प्रहरी नायब उपरीक्षक श्यामशर्मा पौडेल घटनास्थल पुगेका छन्।

मतदानस्थलमा उनीहरुको उपस्थितिमा बसेको सर्वदलीय बैठकले उत्पन्न कुटपिट र तोडफोडपछि स्थगित भएको मतदान कार्य आइतबार गर्ने निर्णय गरेको हो।

अशक्त महिला मतदाताले इच्छाएको जसपाको चुनाव चिह्नमा छाप लगाउनुपर्नेमा मतदान अधिकृत यादवले कांग्रेसको चुनाव चिह्नमा छाप लगाएको भन्दै स्थानीयवासीले यादवलाई कुटपिट गर्नुका साथै मतपेटिका समेत तोडफोड गरेपछि निर्वाचन स्थगित गरिएको थियो ।

मतदान अधिकृतलाई प्रहरीले जोगाउन खोज्दा स्थानीयवासीले मतपेटिका तोडफोड गर्दै मतपत्र च्यातेर छरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक काफ्लेले बताए।

घटनाका बेला ‘क’ केन्द्रमा १३६ मत र ‘ख’ केन्द्रमा १६० मत खसेको थियो । आइतबार पुनःनिर्वाचन गर्ने निर्णयमा निर्वाचनमा सहभागी राजनीतिक दल, जिल्ला निर्वाचन कार्यालयका कुलानन्द बिराजी, मतदान केन्द्र ‘ख’का मतदान अधिकृत मुसहरु साह, सहायक मतदान अधिकृत जाकिर हुसेन, मतदान केन्द्र ‘क’का सहायक मतदान अधिकृत सुरेन्द्रकुमार यादवसमेतको उपस्थिति छ।

राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत मतदान अधिकृत यादवले दलका प्रतिनिधिको निर्णयअनुसार आफूले अशक्त महिलाले औँलाले देखाएकै रुख चिह्नमा छाप लगाएको बताए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist