जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा नेपाली काङ्ग्रेसबाट राजीनामा दिएर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज कुमार साहको अग्रता कायमै रहेको छ ।
स्वतन्त्र उम्मेदवार साहले १ हजार २ सय ६४ मत सहित अगाडी रहेका छ भने उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ६ सय ३८ मत प्राप्त गरेका छन् । यसैगरी अर्का मेयर पदका स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ सय ८० मत प्राप्त गरे ।
यसैगरी, उपमेयर पदमा नेपाली कांग्रेस उम्मेदवार किशोरी साहले १ हजार ३ सय ६२ मत सहित अग्र स्थानमा रहेका छनभने उनलाई नेकपा एमालेका उम्मेदवार रुना झाले ६ सय ७५ मत ल्याएकी छन् । उपमेयर पदका स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ५ सय ५ मत प्राप्त गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिकामा रहेको २५ वडा मध्ये २ वटा वडाको मत परिणाम मात्र सार्वजनिक भएको छ । मतगणनाको क्रम निक्कै सुस्त भएकाले मत परिणाम आउनमा निक्कै ढिलाइ हुने अवस्था रहेको छ । जनकपुरधाम उपमहानगरपालिकामा निक्कै सुस्त गतिमा मतगणना कार्य भइरहेको छ ।
धनुषामा रहेका १८ पालिका मध्ये अधिकांश पालिकाहरुमा कांग्रेस अग्रता लिएको छ भने १ वटामा राप्रपा, २ वटामा जनता समाज समाजवादी पार्टी, १ वटामा नेकपा एमाले, १ वटामा लोसपाले अग्रता कायम गरेको छ ।