काठमाडौं । देशको संघिय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को अग्रता फराकिलो बन्दै गएको छ ।
साहले दोस्रो स्थानमा रहेका आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा झण्डै दोब्बर मत ल्याएर फराकिलो अग्रता कायम राखेका हुन् ।
साहले ४ हजार १३९ मत ल्याउँदा एमालेका स्थापितले २ हजार १४८ मत ल्याएका छन्।
नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह भने तेस्रो स्थानमा छिन् । उनले १ हजार ९३४ मत ल्याएकी छन्।
अहिले महागरका वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को गणना भइरहेको छ। गणना भएका सबै वडामा बालेनकै अग्रता रहेको छ।
संघीय राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मतगणना जारी रहेको छ।