ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि सुरु

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते, ७:२३ बजे
अपराध बढेसँगै सीमामा आवतजावत गर्नेको विवरण राख्न निर्देशन’
32
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन मङ्गलबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २५ गते अधिवेशन आह्वान गरेकी हुन् । मन्त्रिपरिषद्ले सोही दिन नै सिफारिस गरेको थियो ।

बैठक मङ्गलाबार दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बोलाइएको छ । प्रतिनिधिसभाको बैठकको तयारीका बारेमा आज मात्रै सभामुख अग्निप्रसाद सापकोटाले जानकारी लिएका छन् । बानेश्वरस्थित सङ्घीय संसद्भवन रहेको सम्मेलन केन्द्रमा पुगेर उनले बैठकको तयारीका बारेमा जानकारी लिएको सभामुखका प्रेसविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

यस्तै, सभामुख सापकोटाले मङ्गलबार दिउँसो २ः३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् । अघिल्लो बैठक प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को लगातारको अवरोधका कारण नियमित रुपमा सञ्चालन हुन सकेको थिएन । यद्यपि, अमेरिकी सहयोग परियोजना (एमसिसी)लगायतका केही विषयलाई भने प्रतिनिधिसभाले निष्कर्षमा पु¥याएको थियो ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले नै कार्यसूची लगायतका विषयमा निर्णय गर्नेछ । एमालेले बैठकमा के गर्ला भन्ने चासो पनि उत्तिकै छ । त्यसो त सङ्घीय संसद् सचिवालयका तर्फबाट केही सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

वर्षे अधिवेशन पनि भएकाले सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत यसै अधिवेशनमा प्रस्तुत हुनेछ । सम्भावित कार्यसूचीमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र वाचन गर्ने सम्भावित कार्यसूची छ ।

त्यस्तै, सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्नेछन् । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ पेस गर्नेछिन् ।

त्यस्तै, अर्थमन्त्री जनार्दन शर्माले ‘आव २०७९÷८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist