ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

भरतपुर ६ र ७ मा रेणु दाहाललाई गणना मतको करीब आधा मत प्राप्त, पौडेलले आफ्नै वडाको साथ पाएनन्

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ जेष्ठ ४ गते, ७:०२ बजे
भरतपुर ६ र ७ मा रेणु दाहाललाई गणना मतको करीब आधा मत प्राप्त, पौडेलले आफ्नै वडाको साथ पाएनन्
28
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । भरतपुर महानगरपालिकामा वडा नम्बर ६ र ७ को मतगणना चलिरहँदा मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले गणना भएको मतको करीब आधा मत पाएकी छन् । कांग्रेसको पकड क्षेत्रबाटै ५० प्रतिशत हाराहारी मत पाएपछि दाहालले ७०० भन्दा बढी मतले अग्रता लिएकी छन् ।

दाहालले ८ हजार ४२ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीले ७ हजार ३३८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नथ पौडेलले भने ३ हजार ७९३ मत पाएका छन् ।

१२ सय मत गन्दा रेणुलाई आधा मत

२३ हजार ८५ मत गनिसक्दा रेणुले ८ हजार ४२ मत पाएकी छन् । सुवेदीले ७ हजार ३३८ मत पाएका छन् । पौडेलले भने पौडेलले ३ हजार ७९३ मत पाएका छन् ।

वडा नम्बर ५ सम्मको २१ हजार ८६० मत गन्दा भने रेणुको ७ हजार ४७१, सुवेदीको ७ हजार ९८ र पौडेलको ३ हजार ६०३ मत पाएका थिए । तर थप १ हजार २२५ मत गन्दा रेणुले करीब आधा ५७१ मत पाउँदा सुवेदीले २४० र पौडेलले १९० मत मात्रै प्राप्त गरेका छन् ।

कांग्रेसको पकड क्षेत्र हुनुका साथै पौडेलको पनि आफ्नै वडा भएकाले यी वडाको परिणामले महानगरको मत परिणाम कसको पक्षमा जाने भन्ने कुराको मोटमोटी तय गर्ने आंकलन गरिएको छ । किनभने एमालेको पकड भएका क्षेत्रबाट पनि रेणुले मेयरमा भोट पाएका कारण कांग्रेसको पकड क्षेत्रबाट जगन्नथलाई भोट जान्छकी भन्ने माओवादी वृत्तमा संका थियो । कांग्रेसको पकड क्षेत्रबाट झन आधा भोट नै रेणुलाई गएका कारण अव रेणुलाई सहज हुने अनुमान गरिएको छ ।

जगन्नाथ आफ्नै वडामा कमजोर

कांग्रेसका असन्तुष्ट नेता कार्यकर्ताको तर्फबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले आफ्नै वडाबाट सोचेजस्तो मत पाउन सकेनन् । उनले मेयरमा उम्मेदवारी दिएर फिर्ता नलिंदासम्म भरतपुरका कांग्रेस नेता कार्यकर्ताले जगन्नाथलाई भोट हाल्ने वाचा गरेका थिए ।

प्रधानमन्त्री देखि माओवादी अध्यक्ष प्रचण्ड र सरकारका बहालवाला मन्त्री नै लाग्दा पनि पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि त्यसलाई कांग्रेस जोगाउने अभियान शुरु भएको भन्दै जगन्नाथको पक्षमा माहोल बनेको थियो ।

तर चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देखि माओवादी र कांग्रेसका शीर्ष नेताहरू भरतपुर पुगेर कांग्रेस मतदातालाई फकाएका थिए । उनीहरू फकिएको प्रमाण वडा नम्बर ६ र ७ को मतगणनाको प्रारम्भिक नतिजाले पुष्टी गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist