इटहरी । रामधुनी नगरपालिका वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका शिवसंकर राजधामी निर्वाचित भएका छन् ।
नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार गयाराम राजधामीलाई १८ मतले पछि पार्दै कांग्रेस उम्मेदवार राजधामी निर्वाचित भएका हुन् ।
नेपाली कांग्रेसका राजधामीले १ हजार ४ सय ९१ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्दी गयाराम राजधामीले १ हजार ४ सय ७३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, वडा सदस्यहरुमा नेपाली कांग्रेसका दलित सदस्य करिशमा ऋषिदेव, खुल्ला पहिलो सदस्य अशोक कुमार चौधरी विजयी भएका छन् भने नकपा एमालेको तर्फबाट महिला सदस्य पवित्रा कुमारी चौधरी, खुल्ला दोस्रो सदस्यमा रंजित कुमार चौधरी विजयी भएका छन् ।







