धरान । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् ।
लौरो चुनाव चिह्नबाट उम्मेदवार बनेका राई २० हजार ८२१ मत ल्याएर मेयर निर्वाचित भएका हुन् ।
उनले सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईलाई पराजित गरेका हुन् । किशोरले १६ हजार ५९ मत प्राप्त गरेका हुन् ।
उपमेयरमा माओवादी केन्द्रका अइन्द्रविक्रम वेघा २० हजार ५१० मत ल्याएर विजयी भएका छन् ।