Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मतगणना पुनः गराउन माग गर्दै परेको मुद्दामा लिखित जवाफ पेस गर्न उच्च अदालतकाे आदेश

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ जेष्ठ २० गते, ६:२५ बजे
काठमाडौं महानगरको मतगणना बिहान ८ बजेबाट सुरु हुने
28
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैँ । पुनः मतगणना गरी पाउन उच्च अदालत विराटनगर धनकुटा इजलासमा दायर भएकाे रिट निवेदनमाथि सुनुवाई गर्दै लिखित जवाफ मगाउने आदेश भएकाे छ ।

न्यायाधीश अन्जु उप्रेती ढकालकाे एकल इजलासबाट विपक्षीहरुका नाममा ७ दिने म्याद जारी गरी साे आदेश भएकाे हाे । गत बैशाख ३० गते भएकाे स्थानीय निकायकाे निर्वाचनमा धनकुटा नगरपालिकाकाे मत गणना कार्य निस्पक्ष र स्वतन्त्र ढगले नभएको भन्दै पुनः मत गणनाका लागि धनकुटा नगरपालिकाका नेपाली काँग्रेस तर्फका मेयरका प्रत्यासी दिनेश राईले रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा भनिएकाे छ-“मतगणना प्रकृया सुरु हुनु अगाबै मतगणना स्थलमा तारवार लगाएर राखिएको थियो र जालि भित्रबाट मतपत्र देखाउदा स्पष्टसँग नदेखिएको हुँदा कुन छापमा मत दायर भएको भनी स्पष्ट हुन नसकेको र विपक्षी नेकपा एमालेको तर्फका उम्मेद्वार चिन्तन तामाङ्ग अघिल्लो कार्यकाल समेत मेयर चलाइसकेको र मत गणकहरु सोहि नगरपालिकाको कर्मचारीहरु भएको हुँदा निस्पक्ष र स्वतन्त्र ढगले मतगणना नभएको हुँदा मत गणनाको कार्य तटस्थ व्यक्ति मार्फत हुनुपर्नेमा नगरपालिकाकै कर्मचारीहरु मार्फत मत गणना गराईएको थियो ।” रिट निवेदनमा भनिएकाे छ “यस्ताे कार्यले स्वतन्त्र रुपमा मत गणना हुने अवस्था सृजना हुन सकेन । मत गणनाको प्रारब्द देखिनै हामिले नगरको कर्मचारी मार्फत मतगणना गर्दा विवाद सिर्जना हुने र यसले समस्या ल्याउने जानकारी दिँदा समेत हाम्रो मागको सुनुवाई नभएको हुँदा एकतर्फी घोषणा गरिएको निर्वाचन परिणाम बदर गरि पुन मतगणना गरी पाउँ ।”

धनकुटा नगरपालिकाकाे मेयर पदका उम्मेद्वार राई एमालेका उम्मेद्वार तामाङ्गसँग १४ मतकाे अन्तरले पराजीत भएका हुन् ।

त्यस्तै महालक्ष्मी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष पदका उम्मेद्वार हिक्मत बहादुर भण्डारीले समेत साेहि विषयमा रिट दायर गरेका छन् । निर्वाचन कार्यालयबाट अन्तिम मत घोषणा हुँदा उनका निकटतम प्रतिद्वन्दी एमाले तर्फबाट सूर्य चिन्हका उम्मेद्वार राम बहादुर खड्काकाे पनि मत बराबर रहेको भनि घोषणा गरिएको तर एमालेको प्रतिनिधिले १ मत बढि रहेको भनि दावि लिएपछि मत गणकले २ मत बढि रहेकोले खड्का विजयी भएकाे भनी पुनः घाेषणा गरेपछि मतगणना कार्य स्वतन्त्र र निष्पक्ष हुन नसकेकाे र परिचालित भएकाे जिकीर रहेकाे छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist