काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।
शनिबार ११ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १०७ जना सक्रिय संक्रमित रहेका छन् ।
गत चौबीस घन्टामा १ हजार १९३ पीसीआर तथा ९८० एन्टिजेन परीक्षण भएको छ ।