ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सशस्त्र प्रहरीको गोताखोर तालिम सम्पन्न – थपिए २० जना गोताखोर

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, १७:५७ बजे
सशस्त्र प्रहरीको गोताखोर तालिम सम्पन्न – थपिए २० जना गोताखोर
28
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सशस्त्र प्रहरी बलको गोताखोर तालिम सम्पन्न भएको छ।

शनिबार चितवनको कुरिनटारमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयको आयोजनामा संचालन भएको गोताखोर तालिम समापन भएको हो।

युएनडीपीको सहयोगमा भएको उक्त तालिमबाट सशस्त्र प्रहरीका २० जनाले गोताखोर तालिम लिएको शिक्षालयले जानकारी दिएको छ । सशस्त्र प्रहरीका अनुसार यससँगै नेपालमा गोताखोरको संख्या ५६ पुगेको छ ।

यसअघि बंगलादेशबाट गोताखोर ल्याएर उद्धारमा खटाउनु पर्ने अवस्था थियो । समापन कार्यक्रममा बोल्दै गृहमन्त्री बालकृष्ण खाँणले बंगलादेशबाट गोताखोर ल्याउनुपर्ने अवस्था रहेकोमा अब देशमै गोताखोर हुनु खुसीको कुरा भएको बताए ।

गृहमन्त्री खाँणले भने, ‘बेमौसममा वर्षा भएर धनजनको क्षति हुने देशमा गोताखोर आवश्यक छ। हराएका मानिसहरुको उद्दारको लागि बंगलादेशबाट समेत गोताखोर ल्याउनुपर्ने अवस्था थियो। अहिले नेपाल्मै योग्य गोताखोर हुनु खुशीको कुरा हो।’

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले पर्याप्त साधनस्रोतको अभावमै पनि तालिम सम्पन्न गरेको बताए।

यस्तै, शिक्षालयका इन्चार्ज एसएसपी अञ्जनीकुमार पोखेलले कुरिनटारको शिक्षालय रणनीतिक रुपमा पनि ठीक ठाउँमा रहेको बताए। आफूहरुसँग उद्धारका लागि चाहिने साधनस्रोत भने पर्याप्त मात्रामा नरहेको उनको भनाइ छ।

गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा भएको पाँच हप्ताको तालिमको शनिबार समापन गरिएको हो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist