विर्तामोड । इलाममा भएको सवारी दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् ।
ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ आइरहेको जिप दुर्घटना हुँदा जिपमा सवार सबै यात्रु घाइते भएका हुन् ।
इलाम नगरपालिका १ मा पर्ने मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको मिलगोलाईमा दुर्घटना भएको हो । गाडीमा सवार १० महिनाकी बालिकासहित चालक र सबै यात्रु घाइते भएका छन् ।
घाइते हुनेमा गाडी चालक इलाम नगरपालिका २ सुम्बेकका चुडामणी घिमिरेसहित ताप्लेजुङ पाथिभरा याङबरक गाउँपालिका ५ का २१ वर्षिय अनिश तामाङ, सोही गाउँपालिका ५ का २४ वर्षिय लोकेन्द्र शिलवाल, ताप्लेजुङ फुङ्लिङ नगरपालिका ६ बस्ने वर्ष ३० का निमा खतिवडा तामाङ घाइते भएका छन् ।
त्यस्तै झापा मेचीनगर नगरपालिका ९ बस्ने २२ वर्षिय डिवन राई, उनकी १० महिनाकी छोरी रियन्सा राई, झापा मेची नगर ९ की २२ वर्षिय मञ्जली राई, भद्रपुर नगरपालिका ३ बस्ने ५३ वर्षिय इन्द्रबहादुर कार्की, भद्रपुर ३ कै ५६ वर्षिय जीतबहादुर थेवे पाँचथर फालेलुङ गाउँपालिका १ का ३० वर्षिय अप्सरा कोइराला, पाँचथर याङबरक ५ का ५१ वर्षिय प्रेम तामाङ, याङबरक ६ का २३ वर्षिय दिपेन्द्र कोइराला र भोजपुर पौवादुङमा गाउँपालिका श्यामशिलाका २७ वर्षिय सुरेन्द्र राई घाइते भएका जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
चालक घिमिरेसहित डिवन, मञ्जिला र जितबहादुरको टाउकोमा चोट लागेका कारण उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरु सबैलाई इलाममा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापातर्फ ल्याइएको छ ।
ओरालो बाटो र घुम्तीमा टर्निङ काट्न नसकेर अनियन्त्रित भइ को. १ ज ३३२९ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धनबाट खुलेको छ । सवारी सडकबाट करिव तीनसय मीटर भन्दा तल खसेको थियो ।







