काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन् ।
आइतबार सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री कार्कीसँग राजदूत श्रीवास्तवले भेटवार्ता गरेका थिए ।
भेटमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको सञ्चार मन्त्रीको निजी सचिवालयले जनाएको छ।