ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

राउण्ड टेवल नेपालद्वारा बुढीगंगाको विद्यालयमा २ करोडको लागतमा कक्षाकोठा निर्माण

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ भदौ २ गते, २१:११ बजे
राउण्ड टेवल नेपालद्वारा बुढीगंगाको विद्यालयमा २ करोडको लागतमा कक्षाकोठा निर्माण
19
SHARES
Share on FacebookShare on Twitter

मोरङ । राउण्ड टेवल विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकास्थित सरस्वती सदन आधारभुत विद्यालयलाई कक्षा कोठा निर्माणगरि हस्तान्तरण गरेको छ । राउण्ड टेबलले सो विद्यालयमा बहुबर्षे योजना अन्र्तगत २ करोड बढीको लगानीगर्दै आवश्यक सम्पुर्ण भौतिक साधन जुटाई दिएको हो ।

बुढीगंगा गाउँपालिकाको वडानम्बर ४ स्थित विद्यालय परिसरमा बिहीबार आयोजित कार्यक्रमकाबीच राउण्ड टेबल नेपालका अध्यक्ष आनन्द बाहेतीले विद्यालय परिसरमा हालै निर्माण गरिएको ४ कोठे भवनको उद्घाटन गरेका हुन । विराटनगर प्लाटिनम राउण्ड टेबल नेपालले यूरोपस्थित राउण्ड टेबल युरो ११ संग सहकार्य गर्दै सो विद्यालयमा ४० लाखको लगानीमा ४ कोठे पक्की भवन थप गरेको हो । राउण्ड टेबल नेपालले सोहि संस्थासंग सहकार्यगर्दै उक्त विद्यालयमा यसअघि नै १६ वटा कोठा निर्माण गरिसकेको छ । विराटनगर राउण्ड टेबल नेपालले सन २००६ यता उक्त विद्यालयको अभिभावकत्व ग्रहण गरेको छ । अभिभावकत्व ग्रहण गरिएयता विद्यालयमा निरन्तर भौतिक संरचनाको निर्माण गर्दै आएको विराटनगर राउण्ड टेवल प्लाटिनम ११ का अध्यक्ष प्रणव तोदीले बताए ।

थप गरिएको पछिल्लो ४ कोठासंगै हालसम्म राउण्ड टेवल नेपालले उक्त विद्यालयमा २० वटा कोठाको निर्माण सम्पन्न गरिसकेको छ । निर्माण गरिएको सोही कोठाहरुबाट विद्यालयको प्रशासनिक काम कारवाहीका साथै विद्यार्थीहरुको अध्ययन अध्यापन हुने गरेको छ । त्यति मात्र नभई विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिगर्न समेत राउण्ड टेबल नेपालले भुमिका निर्वाह गर्दै आएको छ । आफुहरुले अभिभावकत्व ग्रहण गर्नुअघि उक्त विद्यालय नजिकैको जग्गामा टिनको छानो भएको कोठामा संचालन हुने गरेको राउण्ड टेबल नेपालका पुर्व अध्यक्ष दिवाकर राठीले जानकारी दिए । बिजोग अवस्था देखेर आफ्नो संस्थाले सो विद्यालयको अभिभावकत्व ग्रहण गरेको र त्यसयता निरन्तर विकास निर्माण तथा भौतिक सामाग्रि जुटाईदिने काम गर्दै आएको राठीले बताए ।

राउण्ड टेबल ११ ले हालसम्म उक्त विद्यालयमा स्वच्छ खानेपानी, शौचालय, साईकल पार्किङ लगायत आवश्यक सम्पुर्ण भौतिक पुर्वाधार निर्माण गरिदिएको छ । वितेको १५ बर्षमा युरो ११ संग सहकार्य गर्दै उक्त विद्यालयमा राउण्ड टेबल ११ ले २ करोड बढीको लगानी गरिसकेको छ । विद्यालयका लागि आवश्यक सम्पुर्ण भौतिक संरचना राउण्ड टेबलले जुटाईदिएपछि अब आफुहरु विद्यालयको स्तरोन्नती र शैक्षिक गुणस्तर बृद्धिगर्न लागिपरेको विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष हक्मुद्धिनले बताए ।

कक्षा कोठा लोकार्पण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक स्वर्णकान्त दाहाल सहित राउण्ड टेबल नेपालका दिवस सुवेदी, निखिल जैसानी तथा हरी राठी लगायतका पदाधिकारीहरुको सहभागिता थियो । यसैवीच मोेरङको रंगेली नगरपालिका ७ मा रहेको आदर्श निम्न माध्यमिक विद्यालयलाई राउण्ड टेवल ५ द्वारा ४ वटा कोठा निर्माण गरी आज एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

राउण्ड टेवल नेपालका अध्यक्ष आनन्द बाहेती र मेयर दिलिप बगडियाले नवनिर्मित कोठा मा रिवन काटेर हस्तान्तरण गरेका थिए । सोहि कार्यक्रममा मेयर बगडियाले सो बिधालयमा अरु कोठा र अंग्रेजी शिक्षा दिने प्रतिवद्ता जनाएका छन । विद्यालयमा ४ सय ६५ बिद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालयलाई सधैं यसरी नै सहयोग गर्दै जाने राउण्ड टेबुल नेपाल ५ का अध्यक्ष आनन्द वाईतिले जानकारी गराएका थिए । अहिले सम्म यो विद्यालय मा राउण्ड टेबुलले १५ वर्षदेखि सञ्चालन गर्दै आएको र लगभग ५० लाख सम्म खर्च गरेको विराटनगर राउण्ड टेबुल ५ का अध्यक्ष टेबलर ऋषभ दाहालले जानकारी दिए ।

उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपाने, वडा अध्यक्ष रामचन्द्र मण्डल, राउण्ड टेवल नेपालका पदाधिकारी तथा सदस्य,रोटरी क्लबका पदाधिकारी तथा सदस्य,जग्गादाता कमलेश अग्रवाल, प्रधान अध्यापक अरविन्द शाह लागायतको उपस्थिति रहेको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist