ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्रेस युनियन सुनसरीद्वारा पत्रकार दाहाललाई बीमा रकम हस्तान्तरण

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ भदौ ११ गते, १२:४३ बजे
प्रेस युनियन सुनसरीद्वारा पत्रकार दाहाललाई बीमा रकम हस्तान्तरण
34
SHARES
Share on FacebookShare on Twitter

इटहरी । प्रेस युनियन सुनसरीले सवारी दुर्घटनामा परेर घाइते भएका सञ्चारकर्मी मनोज दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा शनिबार सञ्चारकर्मी दाहलकै घरमा पुगेर युनियन सुनसरीले दुर्घटनावापतको एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

रकम हस्तान्तरपछि बोल्दै महासंघका अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा संगठन आवश्यक पर्ने उल्लेख गरे ।

उनले भने, ‘पत्रकारिता क्षेत्रमा संलग्न भइसकेपछि म सँग संस्था छ, म सँग समुदाय छ भन्ने अनुभूति पत्रकारले गर्न पायो भने त्यही नै सबैभन्दा ठूलो सम्पत्ति हो ।’

बीमाले उपलब्ध गराएको रकमले सबै उपचार सम्भव नभएपनि संस्था साथै रहेको अनुभूति गर्नु महत्वपूर्ण रहेको उनले बताए ।
प्रेस युनियनको उक्त कार्य सराहनीय रहेको भन्दै उनले प्रशंसा समेत गरे ।

पत्रकारले सबै समस्याको सम्बोधन गरिदिए हुन्थ्यो भन्ने चाहने राज्यले पत्रकारका समस्यामा राज्यको लगानी नभएको उनको तर्क छ ।

‘पत्रकारलाई समस्या पर्दा अभिभावक ग्रहण गर्नका लागि राज्य पनि देखिदैँन,’ पोखरेलले भने, ‘पत्रकार आफैँले आर्थिकदेखि सामाजिक रूपमा परिपक्क बनाउनुपर्ने बाध्यता छ ।’

कार्यक्रममा दुर्घटना पीडित दाहालले आफू दुर्घटना भएपश्चात अस्पतालमा भर्ना भएकै दिनदेखि प्रेस युनियन सुनसरीले आवश्यकीय सहयोग गरेको स्मरण गरे ।

दाहालले भने, ‘हरेक हिसाबबाट सहयोग भएपछि लाग्यो कि, संगठन अपरिहार्य रहेछ, अत्यन्तै आवश्यक रहेछ भन्ने आफूलाई पनि अनुभूति भयो ।’

उनले अहिले आफूलाई स्वास्थ्यमा सोचेभन्दा छिटो निको हुँदै गएको समेत जानकारी गराए ।

कार्यक्रममा सम्बोधन गर्दै युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले आफूले युनियनको नेतृत्व सम्हालिसकेपछि पत्रकारितामा सक्रियहरूको हितको निम्ति काम गरिरहेको बताए ।

‘हामीले अजोड इन्स्योरेन्ससँग सहकार्य गरी दोस्रो चरणमा जिल्लाका २७४ जना सञ्चारकर्मीहरूको दुर्घटना बीमा गरेका छौँ,’ अधिकारीले भने, ‘एक साता अघि मात्रै दुर्घटना बापतको डकुमेन्ट बुझाएका थियौँ, अर्का एकजना सञ्चारकर्मी पनि दुर्घटना पर्नुभएकाले उहाँको पनि दुर्घटना बीमा दाबी गरिएको छ ।’

उनले कोरोनाकालमा कोरोना बीमाको ३० जना सञ्चारकर्मीलाई ३० लाख रुपैयाँ समेत हस्तान्तरण गरिएको स्मरण गरे ।

दाहाल गत एक महिना अघि मोटरसाइकल दुर्घटनामा परेका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist