ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरी कांग्रेसका असन्तुष्ट नेताकार्यकर्ताहरुद्वारा पार्टी कार्यालयमा तालाबन्दी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ भदौ १४ गते, १०:१७ बजे
इटहरी कांग्रेसका असन्तुष्ट नेताकार्यकर्ताहरुद्वारा पार्टी कार्यालयमा तालाबन्दी
20
SHARES
Share on FacebookShare on Twitter

इटहरी । उपसभापतिको नेतृत्त्वमा असन्तुष्ट नेताकार्यकर्ताहरुले नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।

मंगलबार बिहान कांग्रेस इटहरीका उपसभापति बालकृष्ण विष्टको नेतृत्वमा भेला भएका कार्यकर्ताले पार्टी कार्यालयमा तालबन्दी गरेका हुन् ।

ताला लगाउनु अघि उपस्थित नेता कार्यकर्तालाई सम्बोधनका विष्टका अनुसार  इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेलले उपसभापति कोवितजंग कार्कीलाई कार्यवाहकको जिम्मेवारी दिएको र कार्यवहाकले विधान विपरीत मनोनयन गरेको तथा बैठक एवम् चुनावी समीक्षा नभएको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो ।

विष्टले भने, ‘पार्टीको १४ औँ महाधिवेशनमा हामी निर्वाचित भएको र स्थानीय तहको निर्वाचन सकिएपनि अहिलेसम्म एउटा समीक्षा बैठकसम्म भएको छैन। स्थानीय तहको निर्वाचन भएपछि हामीले इटहरी नगरप्रमुख जितेका छौँ, तर ०७४ सालमा जितेका वडाहरू पनि अन्तर्घातका कारण हारेका छौँ, समीक्षा बैठक पनि हुनुपर्छ भनेर पटकपटक पदाधिकारीले बैठक राखौँ भन्दापनि बैठक भएको छैन ।’

उनले इटहरीका २० वटै वडाका नेता, कार्यकर्ताहरूलाई बोलाएर समीक्षा बैठक राख्नुपर्ने भएपनि स्थानीय निर्वाचन भएको चार महिना बित्न लाग्दा पनि नेतृत्वले वास्ता नगरेको आरोप लगाउँदै असन्तुष्टि जनाए ।

‘पार्टीका आधिकारिक उम्मेदवार विरुद्व खुलेआम उम्मेदवारी दिएर पार्टीलाई हराउन भूमिका खेल्नेहरूले गर्दा आज कार्यकर्ताहरूको मनोबल गिरेको अवस्था छ,’ विष्टले भने, ‘हामीले यस विषयमा तत्कालै नगर सभापतिलाई समीक्षा बैठक बोलाऔँ भनेर पटकपटक आग्रह गर्यौँ, केन्द्र, जिल्लामा समीक्षा बैठक हुँदा नगरले स्पष्टीकरण समेत सोधेको छैन ।’

गत असार २ गते मात्रै नगरका कार्यवाहक सभापति कार्कीले विधान विपरीत कोषाध्यक्ष नियुक्त गरेको समेत उनको आरोप छ ।

‘कोषाध्यक्ष नियुक्त गर्दा नगरको बैठक बस्नुपर्छ, हामीले को पात्र कोषाध्यक्ष बन्यो भन्ने कुरा होइन, विधि र विधान समेटियो, समेटिएन भन्ने कुरा उठाउन खोजेको हो,’ उनले भने ।

हुकुमी शैलिमा नेतृत्व अगाडि बढेकाले सचेत गराउन आफूहरू लागिपरेको उनको भनाई छ । प्रदेश र प्रतिनिधिसभाको मिति नजिकिदैँ गएपनि हार्ने र हराउनेबीच अझै अन्तरद्वन्द्व भएकाले त्यस विषयको समाधान गर्नुपर्ने उनको माग छ ।

पार्टीको नगर बैठक तत्काल बस्नुपर्ने उनको मागसहित आफूहरूले अनिश्तिकालका लागि तालाबन्दी गरेको उनले बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist