काठमाडौं। त्रिभुवन विश्वविद्यालयले भारतका विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गरेका विद्यार्थीहरुलाई समकक्षता दिन हाललाई स्थगित गरेको छ ।
त्रिवि शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गर्दै हाललाई समकक्षता स्थगन गरिएको जानकारी दिएको छ ।
त्रिविका अनुसार भारतको राजस्थानको संघानियाँ विश्वविद्यालय, मेवार विश्वविद्यालय, झारखण्डको साइनाथ विश्वविद्यालय र पञ्जाबको लभ्ली प्रोफेसनल विश्वविद्यालयबाट उच्च शिक्षा लिएका विद्यार्थीहरुलाई समकक्षता दिन स्थगित गरिएको हो ।