काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ ।
बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यलयले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नतिजा सार्वजनिक गरेको बताए ।
गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षा सहभागी थिए ।
देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।