इटहरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवानेता राजिव ढुङ्गानाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्वर २ बाट सिफारिस भएको छ ।
सरकारले मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उमेदवार सिफारिस गर्न गरेको परिपत्र अनुसार नेता ढुङ्गानाको नाम प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको हो ।
को हुन ढुङ्गाना ?
नेपाली काङ्ग्रेसको १४ महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका ढुङ्गाना नेविसंघका निवर्तमान केन्द्रिय अध्यक्ष हुन ।
०४३ सालमा पार्टीले पंचायतको स्थानिय चुनाव लडने निर्णय गरी उम्मेद्बारी दिंदा पूर्ण सकृयता-पूर्वक लागी पर्दै स्कुले जीवन देखि काङ्ग्रेसमा सकृय रहेका उनि २०४६ सालको जनआन्दोलन, ०६२/०६३ को दोश्रो जनआन्दोलन, देखि पार्टी द्वारा संचालित हरेक आन्दोलन र संघर्षमा अग्रमोर्चामा सक्रिय रहेर काम गरेका थिए ।
सादगीपूर्ण जीवन र राजनितिमा इमानदार मानिने उनि २०४६ मा नेविसंघ, जिल्ला सदस्य, २०५० मा नेविसंघ जिल्ला सचिव रहेका थिए ।
२०५७ मा पु्र्वाञ्चल उपाध्यक्ष निर्वाचित भएका उनि नेका महामन्त्री बिश्वप्रकाश शर्माको अध्यक्षतामा रहेको नेविसंघको तत्कालीन केन्द्रीय कोषाध्यक्ष, उपाध्यक्ष हुँदै २०७६ मा नेविसंघ केन्द्रीय अध्यक्ष बनेका थिए ।
नेविसंघमा २०७६ माघ १६ देखि २०७८ फागुन ३ सम्म गते सम्म उनि अध्यक्ष रहेका थिए । उनले कांग्रेसको ११औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा १२औं, १३औं, १४औं महाधिवेशनमा महासमिति सदस्य निर्वाचित भएका ढुङ्गाना जनता माझ असल नेताको छवि बनाएका, यूवाहरु बीच निक्कै लोकपृय नेता मानिन्छन ।
नेविसंघको राजनीतिबाटै प्रखर बक्ताको छवि बनाईसकेका उनि प्रतिनिधि सभामै निर्वाचन लडने अठोट साथ अघि बढेका छन।
०७४ को स्थानीय निर्वाचनमा इटहरी उप-नपाको मेयर तथा त्यसपछि प्रदेश सभाको सदस्य उठ्न पार्टी सभापति र केन्द्रीय नेताहरुले आग्रह गर्दा समेत अस्वीकार गरेका उनि आसन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ बलिया दावेदार हुन । 







