ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्रदेश–१ – डेंगी र जापानिज इन्सेफ्लाइटिसका बिरामी बढे

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ भदौ २३ गते, १४:१५ बजे
प्रदेश–१ – डेंगी र जापानिज इन्सेफ्लाइटिसका बिरामी बढे
22
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । देशभर बढ्दै गएको डेंगी रोग र जापानिज इन्सेफ्लाइटिस रोगको प्रभाव प्रदेश १ मा समेत देखिन थालेको छ ।  प्रदेश १ मा लामखुट्टेबाट सर्ने डेंगी रोग र जापानिज इन्सेफ्लाइटिसका बिरामीको संख्या बढ्दै गएको पाईएको हो ।

प्रदेश १ का विभिन्न जिल्लामा हालसम्म २ सय २१ जना डेंगीका बिरामी भेटिएका छन् । प्रदेशका स्वास्थ्यमन्त्री जयराय यादवका अनुसार जिल्लाका अस्पताल तथा स्वास्थ्य निकायलाई सचेत र सतर्क रहनका लागि निर्देशन भइसकेको जानकारी दिए ।

लामखुट्टेबाट सर्ने डेंगीबाट जोगिन अपिल गर्दै उनले प्रदेशका विभिन्न स्वास्थ्य निकायलाई आवश्यक सामाग्री, किट उपलब्ध गराउन थालिएको जानकारी दिए। उनका अनुसार डेंगीसँगै जापानिज इन्सेफ्लाइटिसका बिरामीको संख्या १० जना पुगेको छ । प्रदेशका विभिन्न स्थानमा शंकास्पद ६७ बिरामीको परीक्षण गर्दा १० जनामा सो रोग पुष्टि भएको हो ।

प्रदेशको पहाडी क्षेत्र तेह्रथुममा हालसम्म ८८ जनामा डेंगी पुष्टि भएको छ । तेह्रथुमको फेदाप र म्याङलुङमा डेंगीका बिरामी देखिएका छन् ।

त्यसैगरि, संखुवासभाको बाक्लो बस्ती भएका शहरमा ५७ जनामा डेंगी देखिएको छ । भोजपुरमा समेत १५ जनामा डेंगी पुष्टि भएको छ। मन्त्रालयले ताप्लेजुङ र पाँचथरमा १–१ जनामा डेंगी पुष्टि भएको  जनाएको छ ।

प्रदेशमा माघ ८ गते मोरङमा दुई जनामा पहिलो पटक डेंगी पुष्टि भएको थियो । त्यसयता रोकथाम र नियन्त्रणमा काम गर्दै आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भदौ ६ गतेसम्म प्रदेशका विभिन्न स्थानमा १ सय ६७ जनामा डेंगीका बिरामी उपचारमा रहेको जानकारी दिएको छ ।

विराटनगरको कोशी अस्पतालका निमित्त मेडिकल सुप्रिटेण्डेन्ट डा. लक्ष्मीनारायण यादवका अनुसार दुई जना डेंगुका बिरामी उपचारमा रहेका छन् । ज्वरोका कारण उपचारका लागि अस्पताल पुगेका १० जनामा परिक्षण गर्दा दुई जना पुरुषमा पुष्टि भएको डा. यादवको भनाइ छ ।

प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका अनुसार स्थानीय तह र आफ्नो स्वास्थ्य निकायमार्फत उपचारदेखि सूचनात्मक कार्यक्रमलाई तिव्रता दिन आग्रह गरेको छ ।

मन्त्रालयले घर वरिपरि फोहर पानी जम्न नदिन, झाडी जंगल सफा बनाउन, घरभित्र झुल राखेर सुत्न तथा लामखुट्टे नियन्त्रणका लागि औषधि छर्कन अपिलसमेत गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist