ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरी–धरान सडक विस्तार सुस्त – यात्रुलाई सास्ती, ठेक्कदारलाई मस्ती

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ अशोज ८ गते, ६:५५ बजे
इटहरी–धरान सडक विस्तार सुस्त – यात्रुलाई सास्ती, ठेक्कदारलाई मस्ती
30
SHARES
Share on FacebookShare on Twitter

इटहरी ।  विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गतको  ४९ किलोमिटर ६ लेन सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । ६ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठेक्का लागेर काम भइरहेको लामो समय बितिसकेको छ ।

नौ दशमलव पाँच किलोमिटर सडकखण्डको पुरानो संरचना अहिले भत्काएर सडक चौडा बनाउने काम भइरहेकोमा सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम उच्च छ । विशेषगरी साना सवारी साधन मोटरसाइकल, अटो तथा कारहरु खाल्डाखुल्डीका कारण दुर्घटनामा पर्ने गरेका छन् ।

ट्राफिक प्रहरी प्रदेश नं १ इटहरीका अनुसार पछिल्लो एक वर्षमा यो सडकखण्डमा ४१ वटा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना गम्भीर र अन्य ६३ जना सामान्य घाइते भएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीको तथ्याङ्क नै छ ।

सडक निर्माणमा लापरवाही र ढिलाइ भएकै कारण दुर्घटना बढेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यसरी दुर्घटना बढेपछि केही दिनअघि धरानका स्थानीयवासीले छ लेन सडक विस्तार आयोजना, ठेकेदार कम्पनीलगायतको ध्यानाकर्षण गराएका थिए ।

अझ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विरामी लिएर जाने–आउने एम्बुलेन्सलाई समेत ढिलाइ हुने गरेको छ । जसको असर विरामीलाई नै पर्ने गरेको छ । बर्खाको समयमा खाल्डाखुल्डी हुँदा पानी जम्ने भएकाले गर्दा धेरै नै समस्या भइरहेको सवारी चालकहरूको अनुभव छ ।

जङ्गल क्षेत्रमा अहिले रानी–धरान छ लेन सडक अयोजनाको दुईवटा ठेक्का सञ्चालनमा छन् । तरहराको पानीपियादेखि सेउती पुलसम्म हिम धुङ् प्यासिफिक जेभीले ठेक्का पाएको छ । सेउती पुलदेखि तिनकुनेसम्म रौताहा कन्स्ट्रक्सनको ठेक्का पाएको छ । सडकको दुवै साइडमा बाटो फराकिलो बनाइएको छ । तर बाटोमा थुपारिएको निर्माण समाग्रीले सडक अस्तव्यस्त बनेको छ ।

पछिल्लो समय सडक निर्माणका लागि विसं २०८० सम्म समयावधि थपिएको छ । थपिएको समयमा सडक निर्माण पूरा हुने छ लेन सडक विस्तार आयोजनाको दावी छ । छ लेन आयोजनाले इन्धनदेखि निर्माण सामग्रीमा मूल्यवृद्धिको असरका कारण काम सुस्त भएको जिकिर गरेको छ । ठेक्का सम्झौता हुँदा निर्माण शुल्कले अहिलेको अवस्थामा काम गर्न नसकिने भन्दै ठेकेदार कम्पनीहरुको कन्स्ट्रक्सन होलिडे आन्दोलनका कारण काम अड्किएको लेन सडक आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताउनुभयो । उहाँका अनुसार सडक निर्माण सुस्त हुनुमा सामग्रीमा भएको मूल्यवृद्धिले समेत असर पारेको छ ।

ठेकेदार कम्पनीको समस्या समाधान गरेर दशैँलगतै अब पिचको काम अघि बढ्ने समेत उहाँले बताउनुभयो । कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानसम्म विस्तार हुन बाँकी छ । दुहवी बजार र इटहरीको विराटनगर लाइनमा पनि सडक विस्तार गर्न बाँकी छ । दुहवी बजार क्षेत्रको भने घर जग्गा खाली नभएकाले विस्तार हुन सकेको छैन ।

दुहवीमा सरकारले २०५४ सालमै ६३० मिटर क्षेत्रलाई बिल्टअप क्षेत्रका रूपमा कायम गर्ने निर्णय गरेको थियो । त्यतिबेला २०५४ चैत ३ गते राजपत्रमा प्रकाशित सूचनाअुनसार दुहवी बजार क्षेत्रमा सीमा सडकको केन्द्र रेखादेखि दायाँबायाँ दुवैतर्फ २७–२७ फिट मात्र कायम गरिएको थियो ।

त्यहाँ पुरानो सरकारको निर्णयलाई अब सरकारले परिवर्तन गर्दा मात्र सडक विस्तार सम्भव छ । आर्थिक वर्ष २०६९/०७० देखि सुरु भएर सात वर्षभित्रमा सडक विस्तार गर्ने लक्ष्य राखिएको थियो । पछिल्लो पटक समय थप गरिएको छ । पूरै सडक निर्माण गर्दा शुरुमा रु १० अर्ब ९८ करोड लागत अनुमान गरिएको थियो ।

अवरोधै अवरोध

सो सडकको सिमाना राजमार्ग (निर्माण व्यवस्था) ऐन, २०२१ बमोजिम सरकारले २०२१ साल फागुन ११ गते सूचना प्रकाशित गरी विराटनगर–धरान सडक बीचमा दायाँ २५ मिटर र बायाँ २५ मिटर गरी जम्मा ५० मिटर चौडा कायम गरेको थियो । तर सडक दायाँ–बायाँ बस्नेहरूले सरकारको सो निर्णयलाई नमानेका कारण सुनसरीको दुहवी बजारभित्र सडक विस्तार हुन सकेको छैन ।

विसं २०२१ मा गरिएको सडक सीमा निर्माणलाई कायमै राखी सरकारले सो सडकको नाम २०४३ साल जेठ २० मा आएर जोगबनी–धरान–धनकुटा राख्यो । विसं २०३४ साउन १५ गते फेरि सरकारले अर्को निर्णय गर्दै विराटनगर शहरी क्षेत्रमा भने सडकको चौडाई ३० मिटर मात्र कायम गर्यो ।

त्यसको छ वर्षपछि २०५४ साल चैत ३ गते दुहवी बजारको इनरूवा चोकदेखि लुनकरण दास च्यारिटी अस्पताल जाने सडकको मोडसम्मको जम्मा छ सय ३० मिटर लम्बाइमा भने सडकको चौडाइ १६ दशमलव ४६ मिटर मात्र कायम गरियो । यसरी पटक पटकका कानूनी निर्णयले गर्दा दुहवी बजारभित्र सडक विस्तारको काम हुन सकेको छैन ।

राजमार्ग (निर्माण व्यवस्था) ऐन, २०२१ को दफा २ अनुसार सरकारले राजमार्गको सीमा घोषणा गरेको १५ दिनपछि तोकिएको सीमाभित्रको जग्गा स्वतः सडक विभागका नाममा आउनुपर्नेमा हालसम्म पनि नामसारी भई नआएकाले सडक विस्तार गर्न आयोजनालाई समस्या भएको हो । जग्गा प्राप्ति ऐन, २०३४ को दफा २३ (३) अनुसार पनि सडक सीमा तोकिएको जग्गाको धनीपुर्जा सडक विभागका नाममा आउनुपर्ने हो ।

दुहवी बजारभित्रको सीमा विवाद र मुआब्जा विवादका कारण देखाउँदै स्थानीयवासीले ठाउँ खाली नगर्दा बुढी खोलादेखि दुहवी बजार सिरानसम्म दुई किलोमिटर सडकमा काम हुन सकेको छैन । बजारभित्रको छ सय ३० मिटर दूरीभित्रका एक सय ७७ घरको लगत लिने कार्यमा पनि स्थानीयवासीले अवरोध पुर्याउँदै आएका छन् ।

धरान बजारभित्र पनि सडक विस्तार गर्न समस्या भएको छ । त्यसैगरी विद्युत्को काम समयमा नहुनु, सडक क्षेत्रभित्र घर तथा उद्योगको फोहोर पानी हालिदिने आदि विभिन्न कारणले पनि सडक विस्तार आयोजनाले गति लिन नसकेको छ लेन सडक योजनाका इन्जिनियर दासले बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist