ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बडा दशैं आजबाट सुरु, घटस्थापना गरेर जमरा राखिंदै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ अशोज १० गते, ८:४५ बजे
बडा दशैं आजबाट सुरु, घटस्थापना गरेर जमरा राखिंदै
18
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । २०७९ सालको बडा दशैं आजबाट सुरु भएको छ । बडा दशैंको पहिलो दिन आज घर-घरमा देवी दुर्गा भगवतीको प्रतीमा स्थापना गरी घटस्थापना गरेर जमरा राखिंदैछ ।

घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँघर वा पूजा कोठामा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी नौ दिनसम्म देवी दुर्गालाई विभिन्न नामले पुकारेर पूजा आरधना गरिन्छ ।

घटस्थापनाका दिन जमारा राखिंने भएकाले यो दिनलाई कतिपयले जमारे औंशी पनि भन्ने गरेका छन् । आजैका दिनबाट नवरात्रि प्रारम्भ भएको छ । आजदेखि विजया दशमीको अघिल्लो दिनसम्मलाई नवरात्री भन्ने गरिन्छ ।

घटस्थापनाको शुभ साहित आज बिहान १० बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णयक विकास समितिले जनाएको छ । सोही समयमा घरघरमा घटस्थापना सहित जमरा राखिंदै छ । काठमाडौंको हनुमानढोकास्थित दशैँघरमा पनि वैदिक विधिपूर्वक शुभ साइतमा जमरा राखि महाकाली महालक्ष्मी, महा सरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ गर्ने गरिन्छ ।

बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक मकै, गहुँ र जौ रोपिन्छ र सर्वऔषधी, पञ्चरत्न र सप्तमृतिका लगायत विभिन्न साम्रगी राखेर नौ दिनसम्म पूजा गरिन्छ । यसरी नौ दिनसम्म पूजा गरेको जमरा विजया दशमी अर्थात टीकाको दिन लगाउने गरिन्छ ।

आफ्नो मान्य जनका हातबाट टीका र जमरा लगाउने क्रममा घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको कलशको पानीले अभिषेक गर्ने चलन रहेको छ । कलशको पानीले अभिषेक गर्दा मानिसको आयु बढ्ने, बुद्धि बढ्ने, मान बढ्ने, र सम्पत्ती हुने धार्मिक विश्वास रहेको छ ।

घटस्थापनाका दिन विधिपूर्वक घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूप दुर्गाको पूजा आराधना गरिने भएकाले यस दिनलाई घटस्थापना भन्ने गरिएको हो ।दुर्गा भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नका लागि जमरा उमार्ने गरिएको धार्मिक मान्यता छ ।

त्यसपछि अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । यसै दिनदेखि नवमी (टीकाको अघिल्लो दिन) सम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनजस्तै भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ ।

नौ दिनसम्म भगवती दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई बध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा आराधना हुन्छ । गाउँ घरतिर जमरा राख्नु अगाडि नै आफ्नो घरलाई रातो माटो र कमेरोले लिपपोत गरेर सिंगार्ने चलन छ भने शहरमा आधुनिक रङको प्रयोग गरेर घर सिंगारिने गरिन्छ ।

घटस्थापनाको दिनदेखि दुर्गा सप्तशती चण्डी पाठ पनि गरिन्छ । आज राखिएको जमरा देवीको प्रसादका रूपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ । दशैंको पूर्णिमासम्म जमरा लगाइने गरिन्छ । पूर्णिमाको दिन बेलुका जमरालाई खोला वा तलाउमा गलेर विर्सजन गरिएपछि दशैं समाप्त गरिन्छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist