काबुल । तालिबानले नक्कली राहदानी बेचेको आरोपमा जलालाबादमा पाकिस्तानको महावाणिज्य दूतावास अबिदुल्लाहलाई हिरासतमा लिएको छ, स्रोतले सिएनएन न्युज – १८ (CNN-New18) लाई बताएको छ ।
स्रोतका अनुसार अबिदुल्लाहले जलालाबादको नान्गाहार चेम्बर अफ कमर्सका प्रमुख गुल मुरादलाई डिनरको आयोजना गरेका थिए।अफगान तालिबानले जलालाबादमा गुल मुरादको गाडीमा छापा मारेको र कथित रूपमा नक्कली पाकिस्तानी र अफगानिस्तानी राहदानीहरू बरामद गरेको स्रोतले बताएको हो ।
मुरादलाई महावाणिज्य दूतावास बाहिर हिँड्ने क्रममा पक्राउ गरिएको स्रोतले जनाएको छ । तालिबानले मुरादले अबिदुल्लाहको सहयोगमा राहदानी अफगान नागरिकलाई बेचेको दाबी गरेको स्रोतले बताएको छ ।
‘अबिदुल्लाहले जलालाबादको पाकिस्तानी महावाणिज्य दूतावासमा आफ्नो पद र अधिकारको दुरुपयोग गरे,’ तालिवानले दाबी गरेको छ।
घटनापछि अबिदुल्लाह र उनका कर्मचारीलाई नियन्त्रणमा लिइएको स्रोतले बताएको छ ।