काठमाडौँ । नेपाली कांग्रेसले बागी उम्मेदवारी दिनेलाई पाँच वर्षका लागि निष्काशन गरेको छ ।
पार्टीका आधिकारिक उम्मेदवार लगायत सत्तारुढ गठबन्धन दल तथा मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी बीच भएको सहमतिका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिई तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार तथा निजको प्रस्तावक र समर्थकलाई काँग्रेसको सदस्य समेत नरहने गरी ५ वर्षका लागि निष्कासन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
