काठमाडौं । प्रमुख निर्वाचन अयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतपत्रको गोप्यता कायम गर्न आग्रह गरेका छन् ।
भय रहित बातावरणमा मतदान गर्न पाउनु मतदाताको सार्वभौम अधिकार भएकाले गोप्य मतदानद्वारा आफ्ना प्रतिनिधि चुन्ने हकको सुनिश्चितता हुनुपर्ने बताए । मतदातालाई डर, त्रास, धम्की, वा प्रलोभनमा पारेर मतदान प्रक्रियाको गोप्यता भङ्ग गर्नु गराउनु निर्वाचन आचारसंहिता विपरीत हुने पनि उनले बताए ।
मतपत्रको गोप्यता भङ्ग हुँदा त्यसवाट मतदातालाई विभिन्न किसिमका असहजता सिर्जना गर्न सक्ने र यसले व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत गम्भीर असर पुर्याउने भएकोले यसमा आयोग गम्भिर रहेको उनको भनाई छ ।