काठमाडौं । आइतबारबाट कतारमा सुरू भएको २०२२ को विश्वकपमा आयोजक कतार इक्वेडरसँग २-० ले पराजित भएको छ । जारी विश्वकपमा आयोजक कतार उद्घाटन खेलमानै पराजित भएसँगै खराव इतिहास समेत आफ्नो नाममा पारेको हो ।
कतार विरुद्व इक्वेडरले पहिलो हाफमा गरेको २ गोलनै दोस्रो हाफमा पनि कायम रह्यो । विश्वकप इतिहासमा आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको यो पहिलो पटक हो । यसअघि कुनैपनि आयोजक राष्ट्रले उद्घाटन खेलमा हार भोग्नु परेको थिएन् ।
आईतबार राति भएको विश्वकपको पहिलो खेलमा कतार इक्वेडरसँग २-० ले पराजित हुँदा कतारको नाममा खराव रेकर्ड दर्ज भयो । खेलमा कतारले १६ औं मिनेटमानै भ्यालेन्सियाको पेनाल्टी गोलमार्फत अग्रता बनाएको थियो ।
इक्वेडरले ३१ औं मिनेटमा अग्रता दोब्बर बनायो । दोस्रो गोल पनि भ्यालेन्सियालेनै सम्भव बनाए । उनले आकर्षक हेडमार्फत गोल गरेका थिए। कतारले भने सिमित अवसरमा गोल गर्न सकेन् ।
दुई गोल गरेका भ्यालेन्सिया पुरै समय मैदानमा भने रहन सकेनन् । घुँडामा चोट बोक्न पुगेपछि उनलाई सब्सटिच्युट गरिएको थियो ।
घरेलु मैदानमा घरेलु दर्शककै अभाव
विश्वकपको उद्घघाटन खेलमा घरेलु मैदानमा घरेलु दर्शकै अभाव देखिएको छ । विश्वकप इतिहासमा कतारमात्र यस्तो देश बनेको छ ।
जसको आफ्नै खेल हुँदा पनि रङ्गगशालाको प्यारापिट खालि रहन पुगेको छ । इक्वेडर समर्थकलाई विर्सने हो भने आधाभन्दा बढी रङ्गशाला खालि देखिने छ ।