इनरुवा । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।
सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको निर्वाचन क्षेत्र रहेको सुनसरी ४ को मतगणना इनरुवा स्थित भगवती माविमा सुरु भएको हो ।
सुनसरी ४ मा भएको कुल एकलाख ६४ हजार मतदाता मध्ये ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । सुनसरी ४ मा गठबन्धनका तर्फबाट नेपाली काङ्रेसका ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमालेबाट जगदीश कुशवाह मुख्य प्रतिस्पर्धामा रहेका छन ।
देशभर अप्रत्याशित नतिजा आइरहेको सन्दर्भमा सुनसरी ४ को मतगणनालाई चासो पुर्वक हेरिएको छ ।