इनरुवा । विवाद उत्पन्न भएपछि सुनसरी क्षेत्र नं. २ को मतगणना अझैसम्म सुरु हुन सकेको छैन ।
सुनसरी क्षेत्र नं. २ (क) को महेन्द्र मावि मतदान केन्द्रको “ङ” बुथबाट प्रदेशको मतपत्र खसाउनु पर्ने ठाउँमा प्रतिनिधिसभाको प्रतिनिधिसभाको मतपत्र पाईएपछि मतगणना रोकिएको हो ।
प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभामाको मतपत्र दिएपछि विवाद उत्पन्न भएको थियो । सर्वदलीय बैठक नै स्थगित भएपछि मतगणना भएको छैन ।
सुनसरी २ (क) बाट स्वतन्त्र उम्मेदवार दिएका दीपेन्द्र घिमिरेका अनुसार प्रदेशको मतपत्र दिनुपर्ने ठाउँमा प्रतिनिधिसभाको दिएपछि विवाद भएको हो
उनले भने, “गल्ती हुँदा ८/१० वटा हुन्छ तर, ८५ वटा गल्ती हुनु त नियोजित हो ।”
यता निर्वाचन अधिकृत एकराज अधिकारीले आँफूहरूले माथि पठाएको र निर्देशन पर्खिराखेको प्रतिक्रिया दिए । नीतिसञ्चारसङ्ग कुरा गर्दै निर्वाचन अधिकृत अधिकारीले भने, `हामीले यहाँको समस्या माथी जाहेर गरेका छौँ । माथिको आदेश अनुसार अघि बढ्छौ ।´ त्यसैगरी, सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को इनरुवा स्थित भगवती माविमा मतगणना जारी रहेको छ ।







